दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख ३२ असार : दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बि. सि. ले आज पत्रकार सम्मेलन गरि हिजो गुराँसमा भएको घटना नेपाली काङ्ग्रेसको कारणले गुराँस यूद्दको रणभुमी भएको प्रष्ट पारेका छन ।
उक्त घटना कर्मचारी आन्दोलन नभई काङ्ग्रेस नेता कृष्ण बि. सि ,खेमराज ओलि,प्रेम रामजाली,हुकुम खत्री लगाएत दर्जनौं नेताहरूको निर्देशनमा घटना गराइ राजनितिकरण गरिएको आरोप लगाइएको छ ।घटनामा आरोपित काङ्ग्रेस नेता तथा रास्तिय मगर संघका केन्द्रिय सदस्य प्रेम रामजाली लाई सम्पर्क गरि घटनाको बास्तबिकता बुझ्दा पालिका अध्यक्षले लगाएको आरोप कपोकल्पित र झुठो भएको बताउनुभयो ।
उहाँले बताए अनुसार गुराँस गाउँपालिकाको दसौं गाउँ सभाले १५२ जना रोजगार कार्यदल र करारमा रहेको कर्मचारी गरि करिब ३००जना लाई श्रावण १गतेदेखि म्याद थप नगर्ने निर्णय गरे सङ्गै आफ्नो रोजगारीको सुरक्षाको माग गर्दै नाराबाजी लगाएको हुन । उक्त करार कर्मचारी लाई पुर्ब सूचना बिना रोजगारीबाट हटाइनु गलत हो । यो निर्णय पुनरावलोकन गरिनुपर्छ भन्ने राय हो भनी भनेका छौ।
घटनामा गोलि कसरी चल्यो त भन्ने प्रस्नमा उनले भने शान्तिपूर्ण चलेको आन्दोलनमा ने. क .पा. एमालेको युवा संघले घुषपैठ गराइ अतिरञ्जित तरिकाले घटनालाई तोडमोड गराउदा प्रहरी पक्षबाट अन्धाधुन्ध लठ्ठी तथा गोलीको बर्षा चलाएपछि कर्मचारीहरुले प्रतिकार गरेका हुन उहाँले बताउनुभयो ।गुराँस गाउँपालिकाको अध्यक्षले घटनालाई राजनैतिक रुपले राजनितिकरण गरेको भन्ने भनाइ लाई खण्डन गर्दै भन्नुभयो गोलि लागेका गुराँस गाउँपालिका ३ का बखत खत्री करार कर्मचारी भएपनी अर्को घाइते भवानी भट्टराई भने ने .क.पा. एमालेको सक्रिय सदस्य हुन अनि राजनितिकरण कसरी भयो भनी प्रती प्रश्न गर्नुभयो ।आन्दोलनमा राजनैतिक संरक्षण नभई नितान्त कर्मचारी हरुको आन्दोलन भएको जानकारी दिनुभएको छ।

सम्बन्धित खवर

Back to top button