भाद्र २५ काेहलपुर : नव कालिका लघु उध्म प्रबर्दधन सहकारी संस्था लि काे बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकाे १२ अौ सधारहण सभा तथा चाैथाे अधिबेशन काेहलपुर पार्टी प्यालेसमा सम्पन्न भएको हाे।
करिब ६०% भन्दा बढीको उपस्थिति सदस्यहरुकाे बहुतले निर्बिराेध रुपमा जुना विककाे अध्यक्षतामा ११ सदस्य सञ्चालाक समिति र ३ सदस्य लेखा सुपरीवेक्षण समितिकाे चयण गरेकाे थियाे भने कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ लि.बाँकेका उपाध्यक्ष मिना सिग्देल , कोहलपुर नगरपालिका वडा नं ५ अध्यक्ष दिपेन्द्र श्रेष्ठ, अतिथिमा हेल्थ केयर अस्पताल प्रालि कोहलपुरका संचालक ललित पहाडी,भिम बहादुर शाही लगाएत विभिन्न व्यक्तिहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो। कार्यक्रममा करिब २करोड ६७ लाख बराबरको आए व्याय प्रस्तुत गरिएको थियो भने १२ लाख बडी खुद नाफा रहेको छ।
उक्त साधारण सभामा भने केहि संचालकहरु अनुपस्थित भइ साधारण सभाका बिरुद्धमा लागेको जानकारी अध्यक्ष जुना बिकले साधारण सभामा राखेकी थिइन्,सोहि विवादका बिच सहाकारीका बहुमत सदस्यहरूले नियम अनुसार बहुमतले साधारण सभा सम्पन्न गर्न आवाहान गरेका थिए र सोही अनुसार संस्थाको साधारण सभा सम्पन्न भएको थियो। कार्यक्रममा कोहलपुर हेल्थ केयर अस्पताल प्रालि साझा चोक बाँकेले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो भने संघर्ष सेनेटरी प्याड उधोगले पनि स्टल राखेको थियो। कार्यक्रमको संचालन गोरख बहादुर चन्दले गरेका थिए।