सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर
सुर्खेत २४भाद्र: सदाझै भाद्र २४ गते यूगपुरुष बि पि कोइरालाको १०९औ बि पि जयन्ती देशैभर विभिन्न कार्यक्रमका साथ मनाइयो यसरी बि पि जयन्ती मनाइरहदा औपचारिकता निभाउने बाहेकका कुनै नयाँपन आएको महसुस गरिन मैले ? सायद इमानदार र कर्तव्यनिष्ठ बि पि का अनुयायी हरु सबैले यो कुराको आभास लिनुभएको होला।
रास्ट्रीयता ,लोकतन्त्र र समाजबादको मुल नारा लियर २००३सालमा स्थापना गरेको मुलुककै सबैभन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेसले झन्डै आठ दसक पार गर्न लाग्दा काङ्ग्रेसको नेतृत्वमा एक तन्त्रीय राना शासनको अन्त्य,निरंकुश पन्चायतको अन्त्य,बहुदलीय ब्यबस्थाको स्थापना त गर्यो अझै लामो गृहयुद्ध लाई शान्तिपूर्ण बार्ताको माध्यम बाट संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्यो यो मुलुकको विविध कालखण्डहरु सङ जुध्दै मुलुक परिवर्तनको एउटा कुशल सम्बाहक त बन्यो तर बि पि कोइरालाले प्रतिपादन गरेको सिद्धान्त कहि न कतै चुक्यो कि भन्ने प्रश्न उब्जियका छन।
बि पि कोइरालाले स्थापित गरेको सिद्धान्तमा जनता निर्बलियो भएपछि देश कम्जोर हुन्छ राष्ट्रीयता भनेकै देश हो र देश भनेकै जनता हो भनी नेपाली जनतालाइ उच्च शिरमा राखेका छन।सैद्धान्तिक बिचलन,अस्थिर राजनीति ,ब्यक्तिमोह जस्ता अभिजातिय सोच हरुको प्रभावले गर्दा जनतालाइ जिबन्त राख्ने काङ्ग्रेस आज हुने खानेहरुको पन्जाभित्र सिमित छ पार्टी सिद्धान्त होइन ब्यक्ति बाट चलेको छ।जब राजनिती बिचार र सिद्धान्तनिष्ठ चल्दैन तेतिबेला काङ्ग्रेस कम्जोर हुन्छ जतिबेला काङ्ग्रेस कम्जोर हुन्छ तेतिबेला लोकतन्त्र धरापमा पर्नेछ र फेरि नेपाली जनताले एउटा ठुलो आन्दोलनको आधिबेहेरी सृजना गर्नुपर्ने निश्चित छ।
यति ठुलो उपलब्धिको रक्षाका खातिर लाग्नेकी?फेरि अर्को आन्दोलनको सामना गर्ने जिम्मेवारी तपाईं हाम्रै हातमा छ तेसैले बि पि कोइरालाको तस्बिरमा टिका र माला मात्रै थुपारेर स्व. बि पि कोइरालाको सपना पूरा हुदैन ? सपना त त्यतिबेला पूरा हुनेछ जब बि पि कोईरालाले प्रतिपादन गरेको सिद्धान्त र बिचार लाई आत्मसाथ गरि कार्यनयनमा जानेछौ।अन्तत सबै नेता,कार्यकर्ता ,शुभचिन्तक हरुमा सतबुद्दी आओस १०९औ बि पि जयन्ती को हार्दिक शुभकामना ।।