पार्टीका झु’ण्ड बनाएर समाजलाई अप’हरण’

बुटवल : राजनीतिक दलहरूले पार्टी संगठनका झु’ण्ड बनाएर समाजलाई अप’हरण गरेको आ’रोप साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले लगाएका छन् ।

मिश्रले राजनीतिक दलका भातृ संगठनलाई झुण्डको आ’रोप लगाउँदै तिनीहरूको खारेजी नभएसम्म मुलुक समृद्ध नहुने दाबी गरे । उनले भने, ‘दलहरूले विभिन्न झुण्ड तयार गरेका छन् । तिनैलाई राजनीतिक छाता ओढाएर समाजलाई अन्यौलमा पार्ने काम भइरहेको छ । यस्ता झुण्ड संगठनहरू खारेज नहुँदासम्म देश समृद्ध हुन सक्दैन । प्रशासन, कर्मचारी, उपभोक्ता समिति, एनआरएन, डाक्टर, इन्जिनियर, पत्रकार सबैतिर राजनीतिक छाता पुरानो संगठनले ओढाएका छन् ।’

आज बिहान बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक मिश्रले तिनै झु’ण्डहरूको प्रयोग गरेर पुराना राजनीतिक दलहरूले समाजलाई नै अपहरण गरेर राखेको आ’रोप समेत लगाएका छन् ।

उनले भने, ‘दलहरूका यस्ता गतिविधिले निश्चित व्यक्तिको वा पार्टीको मात्र भलो हुन्छ जनताको भावना समेट्न सकिँदैन सबै अधिकार अप’हरणमा परेका छन् । साझा पार्टी सत्ताको नेतृत्वमा आए ती सबै झु’ण्डहरू भं’ग गरिने छन् ।’

पहिलो मन्त्रिपरिषद् बैठकबाटै सबै भातृ संगठनहरू भं’ग गर्ने संयोजक मिश्रको भनाइ थियो । दुई तिहाई बहुमतको सरकार बनेपछि जनता मुलुक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने विश्वासमा रहेपनि मुलुक स्थायित्व र समृद्धितर्फ एक कदम पनि अगाडि बढ्न नसकेको भन्दै संयोजक मिश्रले अब जनताले आफ्नो मन र मत बदल्नुपर्ने बेला आएको बताए ।

आफ्नो पार्टी सरकारको नेतृत्वमा पुगे २०४६ साल पछिका राजनीतिक दलका नेताहरुको सम्पत्ति छा’नबिन गर्ने र पार्टीगत रुपमा खोलिएका कर्मचारी संगठन खा’रेज गर्ने संयोजक मिश्रले बताएका छन् ।

सम्बन्धित खवर

Back to top button