प्रतिनिधिसभामा कांग्रेस सांसदले मौन व्रत बसेरै विराेध जनाए


काठमाडौं : प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले शून्य समयमा सांसदहरुले उठाउने प्रश्नको सुनुवाई नहुने गरेको प्रति माैन व्रत बसेरै विरोध जनाएका छन्।
सांसद केसीले मंगलबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा समय लिँदै आम नागरिकले भोगेका समस्याबारे बलियाे तरिकाले कुरा राख्दा पनि सुनुवाई नभएको भन्दै माैन व्रत बसेरै विराेध गरेका हुन् ।



‘शून्य समयमा धेरै पटक आम नागरिकले भोगेका समस्याबारे बोलियो तर कतैबाट सुनुवाइ भएन। मलाई प्राप्त समय मौन व्रत राख्न चाहन्छु।’ केसीले भने। त्यति भनिसकेपछि केसीले बाँकि समयमा मौन बसेका थिए।








