संघमै करिव ७ हजार कर्मचारी अभाव

काठमाडौं : नेपालकाे स‌विधान अनुसार संघ, प्रदेश र स्थानीय तहका लागि छुट्टाछुट्टै सरकार बनाइएकाे छ । संविधानमै टेकेर अधिकार बाँडफाँड पनि त्यसरी नै गरिएकाे छ । तीनवटै सरकारका लागि कर्मचारी भर्ना गर्दा लाेकसेवा आयाेग मार्फत पद पूर्ति गरी कामकाजमा खटाइन्छ । स्थानीय तह र प्रदेशमा कर्मचारी अभाव निकै रहिरहेकाे अवस्थामा यता संघमा समेत कर्मचारीकाे अभाव रहेकाे तथ्य सार्वजनिक भएकाे छ ।

केन्द्रीय सरकारका विभिन्न मन्त्रालय तथा निकायमा लामो समयदेखि झन्डै सात हजार कर्मचारीको दरबन्दी रिक्त रहेको तथ्य सार्वजनिक भएकाे हाे । केन्द्रीय सरकारमै त्यति धेरै कर्मचारी अभाव हुँदा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदपूर्ति प्रक्रिया भने थाल्न सकेको छैन।

ठूलाे मात्रामा कर्मचारी अभाव हुँदा नीति निर्माण तहदेखि सेवा प्रवाहसम्म ग’म्भीर स’मस्या परिरहेको अधिकारीहरुले बताएको छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल केन्द्रीय सरकारमा खरिदारदेखि सहसचिवसम्मका विभिन्न सोव समूहमा करिव सात हजार पद रिक्त रहेका छन् ।

सम्बन्धित खवर

Back to top button