रेल्वे स्टे’शनमा गीत गाएर चर्चित बनेकी रानु मण्डललाई सलमानले दिए ५५ लाखको घर

काठमाडाैं : भन्ने गरिन्छ नि, जब भाग्यले साथ दिन्छ, तब केही मिनेटमा नै कसैको दिन फर्किन सक्छ । भारतकी रानु मण्डललाई पनि त्यस्तै भएको छ । पूरै जिन्दगी रेल स्टे’शनमा ग’रीबीमा गु’जारेकी रानू मण्डलको जीवन यतिबेला फेरिएको छ ।

उनले भारतकी चर्चित गायिका लता मंगेश्करको एक गीत एक प्यारका नगमा है गाएकी थिइन् । यही गीतले उनको जीवनमा उज्यालो छाइदियो । रानूको उक्त गीतले दर्शकमा यस्तो जादु चलायो कि, सामाजिक सञ्जालमा उनको भिडियो ट्रेन्डिङमा आयो । उनलाई गायक हिमेशले गीत गाउने मौका दिए । अहिले खबर आएको छ कि, सलमान खानले ती बूढी महिलाको गीतबाट प्रभावित भएर आफ्नो आगामी फिल्म ‘दबंग ३’ मा मौका पनि दिने भएका छन् ।

त्यति मात्र होइन, सलमान खानले रानूलाई मुम्बईमा ५५ लाखको घर पनि गिफ्ट गरेका छन् । भारतीय मिडियामा यो खबर छाएपनि यसको आधिकारिक जानकारी भने आएको छैन । हिमेशले पनि रानूको गायनबाट प्रभावित भएर एउटा गीत गाएका थिए । हिमेशले रानूसँग गीत गाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका थिए । उक्त भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

रानूले सन् १९७२ मा रिलिज भएको फिल्म ‘शोर’ को गीत ‘एक प्यारका नगमा है’ गाएकी थिइन् । उक्त गीत गाएपछि एकाएक भाइरल बनिन् । उनको तुलना लता मंगेशकरसँग हुन थाल्यो । यसअघि रानू सोनी टिभीको एक रियालिटी शोमा पनि विशेष अतिथि बनेर पुगेकी थिइन् । रानू मुस्कुराउँदै भन्छिन्, ‘म रेल्वे स्टे’शनमा यसकारण गाउँथे कि, मसँग बस्नका लागि घर थिएन, गीत गाएरै मैले आफ्नो पेट पाल्थेँ, कसैले बिस्कुट दिन्थ्यो, कसैले पैसा ।’ अहिले भने उनको जीवन फेरिएको छ ।
हेर्नुस् भिडियाे

सम्बन्धित खवर

Back to top button