सटर फो’रेर लाखौँ चोरी गर्ने तीन भारतीयसँगै चार नेपाली प’क्राउ

विराटनग : सटर फो’रेर चो’री ड’कैती गर्दै आएको गि’रोहका ७ जनालाई मोरङ प्रहरीले प’क्राउ गरेको छ। प’क्राउ गरिएका गिराेहका ७ जना मध्ये ३ भारतीय र ४ नेपाली छन्। उनीहरुले विभिन्न मितिमा विराटनगर महानगरपालिका भित्रका ४ वटा सटर फो’रेर लाखौं रुपैयाँ चो’री गरेको जनाइएको छ।

अ’भियुक्तहरुले विराटनगर–२ शनिहाटमा रहेको पञ्चकन्या ट्रेड लिंकमा २०७६ साउन २३ गते बिहान ४ बजेको हाराहीमा सटर फुटाई ५ लाख ९५ हजार चो’री गरेका थिए। यसैगरी सोही समयको आसपासमा नजिकै रहेको गणनायक मार्केट्रिङमा समेत सटर फुटाई ४ लाख चो’री गरेका थिए। अभियुक्तहरुले भदौ ९ गते विराटनगर–७ स्थित कदमाहा कृषि सहकारी संस्था लिमिटेडबाट सटर फु’टाई ४ लाख ९५ हजार र भदौ १० गते विराटनगर–७ कै माँ भवानी इन्टरप्राईजेजबाट सटर फु’टाएरै ६ लाख चोरी गरेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको छ। पक्राउ गरिएका अभियुक्तहरुमा मधुबनी, कटैया ग्राम पञ्चायत–३ भारतका ३५ वर्षीय धमेन्द्र कामत, सोहि ठाउँ वडा नम्बर १ बस्ने ३२ वर्षीय लक्ष्मण गुप्ता र मधुबनी लदौत ग्रामपञ्चायत ६ का ४४ वर्षीय मोहम्मद मोतिउर रहमान छन्। यसैगरी गौर नगरपालिका वडानम्बर ३ का ४१ वर्षीय मोहम्मद मोहिज धुनियाँ, सोहि ठाउँका ५० वर्षीय बलराम क्षेत्री, ब्रम्हपुरी गाउँपालिका वडानम्बर ४ बस्ने ५२ वर्षीय सेख मोहम्मद सलिफ र सोही ठाउँका ४६ वर्षीय सेख अलि असगर छन्।

घटनाको विषयमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले अ’भियुक्तले भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीबाट जोगबनीको बाटो विराटनगर प्रवेश गरेर रातको समयमा चो’री गर्दै आएको बताए। अ’भियुक्तहरू समूहमा हिँड्ने र गोल्ड क’टरबाट सटरको ताला का’टेर चो’री गर्दै आएको बताए। भदौ ११ गते प्रहरीले पथरी शनिश्चरे नगरपालिका १ बाट उनीहरुलाई प’क्राउ गरेको एसपी अधिकारीले जानकारी दिए।

प्रहरीले अ’भियुक्तहरुको साथबाट घ’टनामा प्रयोग गरिएको बी आर ३२ पि ए २८३६ नम्बरको स्कार्पियो गाडी ७ थान मोबाईल, नेपाली सिम कार्ड १ र भारतीय सिमकार्ड १ थान,फलाम का’ट्न प्रयोग हुने क’टर मेशिन १ थान, कम्ब्या’क्टर पैन्ट र तन्ना लगायतका सामाग्री बरामद गरेको छ। अ’भियुक्तहरुले लाखौंको चो’री ड’कैती गरेको भए पनि उनीहरुको साथबाट नेरु १२ हजार ८ सय ५० र भारु ११ हजार ४ सय १० रुपैया मात्र ब’रामद भएको प्रहरीले जनाएको छ। घ’टनामा मुख्य अ’भियुक्त मानिएका मधुबनी भारतका मोहम्मद कलाम फरार रहेका कारण सोहि ब्यक्ती रकम लिएर फरार भएको हुनसक्ने प्रहरीको अनुमान छ।

सम्बन्धित खवर

Back to top button