चिनियाँ जनमु’क्ति सेना र नेपाली सेनावीच सैन्य अभ्यास


काठमाडौं : एसियाली मुलुकमा आतं’कवाद फैलिरहेका बेला नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास बुधबार काठमाडौंमा सुरु भएको छ । यसलाई सगरमाथा फ्रेन्डसिप संयुक्त तालिम २०१९ भनिएको छ। यो अभ्यास भदौ २४ सम्म चल्नेछ। अन्नपूर्ण पाेष्ट दैनिकका अनुसार नेपाली से’नाको विशेष बाहिनी महाराजगन्जमा औपचारिक रूपमा सै’न्य अभ्यास सुरु गरिएको हो। विशेष बाहिनीसँगै भक्तपुरको नगरकोटमा हुने तालिम सञ्चालन हुनेछ। दुवै मुलुकका महासेनानीको नेतृत्वमा २२/२२ जना सहभागी छन्। अभ्यास अवलोकन गर्न चिनियाँ जनमु’क्ति सेनाको पर्यवेक्षक टोली भदौ २० मा काठमाडौं आउने स्रोतले बताएको छ। नेपाली से’नाका तर्फबाट पर्यवेक्षक टोलीसमेत सहभागी हुनेछ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले चिनियाँ जनमु’क्ति सेनासँगको सै’न्य अभ्यास सुरु भएको पुष्टि गरेका छन् । ‘नेपाली से’ना र चिनियाँ जनमु’क्ति से’नाबीच नियमित सै’न्य तालिम हो’, सै’निक प्रवक्ता पाण्डेले भने, ‘सै’न्य कूटनीतिलाई दरिलो बनाउन नेपाली से’नाले अन्य मुलुकका से’नासँग पनि संयुक्त रूपमा विभिन्न तालिम गर्दै आएको छ।’

सैन्य अभ्यास प्रतिआतं’कवाद यु’द्धकला, वि’पद् व्यवस्थापनलगायत विषयमा केन्द्रित छ। आतं’कवादबाट उत्पन्न हुन सक्ने सम्भावित सु’रक्षा चुनौ’तीलाई दृष्टिगत गरी दुवै देशका विशेष से’नाले २०७४ देखि सै’न्य अभ्यास गर्दै आएका छन्। पहिलो र दोस्रो संस्करणको सै’न्य अभ्यास पनि प्रतिआतं’कवाद यु’द्धकला र वि’पद् व्यवस्थापनलगायतमा केन्द्रित थियो। गत वर्ष असोज १ देखि १२ सम्म चीनको सिचुआन प्रान्तस्थित छेन्दुमा सै’न्य अभ्यास भएको थियो। महासेनानीको नेतृत्वमा दुवै मुलुकका १६/१६ जना सै’निक अधिकारी सहभागी भएका थिए। २०७४ वैशाख ३ देखि १२ गतेसम्म पहिलो पटक काठमाडौंमा संयुक्त सै’न्य अभ्यास भएको थियो।



एसियाली मुलुक आतं’कवादीको निसानामा परेको अवस्थामा यो अभ्यास उपयोगी रहने ठ’हर दुवैतर्फका से’नाको छ । यो क्षेत्रमा आतं’कवादीले गतिविधि बढाइरहेका छन्। बंगलादेशमा सन् २०१६ र श्रीलंकामा गत अप्रिलमा आतं’कवादी आ’क्रमण भएपछि चिन्ता थपिएको छ। आतं’कवादको सम्भावित चुनौ’तीलाई ध्यानमा राखेर सै’निक संगठनले द्विपक्षीय र बहुपक्षीय सै’न्य अभ्यास गर्दै आएका छन्। अन्नपूर्ण पाेष्ट दैनिक ।








