नेपालको उपाधि उचाल्दै इतिहास रच्ने सपना अधुरै


काठमाडौं : फुटबल यु–१५ साफ च्याम्पियन्सको फाइनल खेलमा नेपालले भारतसँग लज्जा’स्पद हा’र बेहोर्नु परेको छ । तेस्रो पटकसम्म फाइनल पुगेको नेपाल पुन: भारतसँग नै उपविजेता बनेको हो । यस अघिका फाइनल खेल सम्मानजनक भएपनि यसपटक भने भारी गोलअन्तरले पराजित हुँदा लज्जा’स्पद हा’र बेहोर्नु परेको हो ।
उपाधिका लागि शनिबार भएको भारतसँगको खेलमा नेपाल ७–० पराजित भयो । पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ५ गोल खाएको हो ।
शुरुवात देखि नै दबा’बमा रहेको नेपालले भारतसँग ७ गोल खाएको हो। भारतको कल्याणी रङ्गशालामा भएको फाइनल खेलमा नेपालले निराशाज’नक प्र’दर्शन गर्यो। यससँगै नेपालको उपाधि जित्दै इतिहास रच्ने सपना अधुरै रह्यो।

च्याम्पियनसिपमा नेपालको पहिलो प्रतिद्व’न्द्विका रुपमा भारत रहेको थियो । जहाँ नेपालले भारतसँग ५–० को हार बेहोरेको थियो। श्रीलंकालाई २–० ले हराउँदै विजय लयमा फर्केको नेपालले त्यसपछि बंगलादेशलाई ४–१ र भुटानलाई ६–० ले हराउँदै फाइनल पुगेको थियो।



यू–१५ को यसअघिका सबै ५ संस्करणमा भाग लिएको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । हालसम्म फाइनल पुगेको दुवै संस्करणमा उपाधीको लागि भारत बाधक बनिदियो। सन् २०१३ को दोश्रो संस्करणमा १–० ले पराजित बनेको नेपाली टोली २०१७ को चौथो संस्करणमा २–१ गोल अन्तरले पराजित भयो। यो संस्करणको पहिलो खेलमा समेत घरेलु टोली भारतले ५–० गोल अन्तरको जित दर्ता गरेको थियो।








