पहिराेले घर पुरिँदा जाजरकाेटमा एकै परिवारका तीन आमाछाेरीकाे ज्यान गयाे

खल‌ंगा : जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर ओलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृ’त्यु भएको छ । आइतबार बिहान १ः४५ बजे आएको पहिरोले घर पुरिँदा ३२ वर्षीया श्रीमती पार्वती ओली, छोरीहरु नौ वर्षीया मोतीकला ओली र तीन वर्षीया धनसरा ओलीको घरभित्र नै पुरिएर मृ’त्यु भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

पार्वतीका श्रीमान् दलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय जाजरकाेटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिए । उनको खुट्टामा चो’ट लागेको छ।

आइतबार बिहान तीनजनाकै श’व निकालेर पोस्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याउन लागेको डीएसपी खत्रीले जानकारी दिए। पहिराेमा पुरिएर दलबहादुरको गोठमा रहेका चौपाया समेत म’रेका छन्।

सम्बन्धित खवर

Back to top button