ह्या’क भएपछि एटिएम सेवा बन्दः नेपाल राष्ट्र बैंकले बाेलायाे आ’कस्मिक बैठक

काठमाडौं :  ह्या’क गरेर पैसा चाेरी भएकाे थाहा पाएपछि  बैंकका एटिएम बुथ बन्द गरिएका छन् ।  नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प’क्राउ गरेसँगै अधिकांश बैंकका एटीएम सेवा बन्द गरिएका हुन्। एटीएम ह्या’क गरेर रकम निकाल्ने गरेको पाएसँगै सुर’क्षा ख’तराका कारण अधिकांश बैंकहरुले एटीएम सेवा बन्द गरेका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटीएम ह्या’क गरेर पैसा निकाल्दै गर्दा पाँच चिनियाँ नागरिकलाई प’क्राउ गरेको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा प’क्राउ गरिएको जानकारी दिए । “शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई प’क्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट प’क्राउ गरेका छौँ”, उनले भने ।

प’क्राउ परेकासँग प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरा’मद गरेको छ । प’क्राउ परेकासँग आवश्यक अनुस’न्धान भइरहेको छ । उनीहरुको नाम गो’प्य राखिएको छ । प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर प’क्राउबारे जानकारी दिने बताएको छ । नेप्स नामक संस्थाले बनाएको बैंकिङ सिस्टमहरु नेपालका दर्जन भन्दा बढी बैंकले प्रयोग गर्दै आएको र ती बैंकको एटिएम बन्द भएको बताइएको छ।

प्राप्त जानकारी अनुसार चिनियाँ नागरिकहरु प’क्राउ परेसँगै प्रहरीले आग्रह गरेपछि बैंकहरुले एटिएम सेवा बन्द गराएका हुन्। तर प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा सञ्चालनमा आएको दावी गरिरहेका छन्। एटीएम सेवा शुचारु भैसकेको दावी गर्ने बैंकहरुका अनुसार हालको लागि सम्बन्धित बैंककै एटिएमबाट मात्रै पैसा निकाल्न सकिने व्यस्था गरिएको छ।

नेपाल राष्ट्र बैंकले आकस्मिक बैठकका लागि बाेलायाे बैंक प्रतिनिधिहरु

शनिबार राति अना’धिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प’क्राउ परेसँगै नेपाल राष्ट्र बैंकले बैंकका प्रतिनिधिहरुलाई आक’स्मिक बैठकमा बोलाएको छ। नेपाल राष्ट्र बैंकले ह्या’करहरुले एटिएम कार्डबाट पैसा लुटेको विषयलाई लिएर चि’न्तित नहुन निक्षेपकर्तालाई आग्रह गर्दै थप सु’रक्षा अपनाउने विषयमा छलफल गर्न बैंकका प्रतिनिधिहरुलाई बोलाएको हो ।

नेपाल राष्ट्र बैंकमा विभिन्न बैंकका प्रतिनिधिहरुसहित सुर’क्षा अधिकारीहरु पुगिसकेको र केहीबेरमा यसबारे छलफल सुरु हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जनाकारी दिए । उनले पैसा लु’ट्ने ह्या’कर प’क्राउ परिसकेकाले कुनै पनि निक्षेपकर्ता आ’त्तिनुनपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

सम्बन्धित खवर

Back to top button