अत्यान्तै जाे’खिम माेलेर सडक निर्माण गर्दै नेपाली से’ना

काठमाडाैं : पछिल्लाे समय नेपाली से’नाले सडक निर्माण कार्यमा महत्वपूर्ण याेगदान पुर्याउँदै आएकाे छ । नेपाली से’नाले हालसम्म मुलुकका २६ भन्दा बढी सडक आयोजनाको निर्माण (ट्रयाक खोल्ने) कार्य सम्पन्न गरिसकेको छ। देशका विभिन्न आयोजनाका ट्रयाक खोल्ने काममा सक्रिय रहेको नेपाली से’नाले हालसम्म १ हजार किलोमिटर भन्दा बढी सडक निर्माण गरिसकेको छ।

यस्तैमा बेनिघाट–आरुघाट–लार्के सडकले गाेरखाकाे हिमालपारिको गाउँपालिका चुमनुब्रीलाई सडक सञ्जालमा जोड्ने काम पनि हालै नेपाली से’नाले गरेकाे छ । नेपाली से’नाले निर्माण गरिरहेको बेनिघाट–आरुघाट–लार्के सडकले हिमालपारिको गाउँपालिका चुमनुब्रीलाई सडक सञ्जालमा भर्खरै जोडेको हाे । काम सुरु गरेको दुई वर्षको अवधिमा २६ किलोमिटर छिचोल्दै सडक चुमनुब्री गाउँपालिका वडा नं. ३ सिर्दिबाससम्म पुगेको सडक निर्माण कार्यदलका प्रमुख इञ्जिनियर मेजर निशान्त क्षेत्रीले जानकारी दिए।

अधिकांश दुर्गम एवं पहाडी जिल्लामा रहेका सडक निर्माणको कार्यलाई नेपाली से’नाले जिम्मेवारीपूर्वक सम्पन्न गर्दै आएको छ। सुर्खेत–जुम्ला, नाग्मा–गमगढी, बेँशीशहर–चामे, मुसीकोट–बुर्तिवाङ, बाग्लुङ–बेनी–जोमसोम, जोमसोम–कोरला, छिन्चु–जाजरकोट, सल्यान– मुसीकोट, अबुवा–भच्चेक सडकहरु निर्माण गरिसकेको छ।

बेनिघाट–आरुघाट–लार्के सडकलाई हिमालपारिको गाउँपालिका चुमनुब्रीसम्म पुर्याउन से’नाले २०७४ साल बैशाख १४ गतेदेखि लापूको हावाडाँडाबाट यो सडक निर्माण कार्य सुरु गरेको थियो। सडक निर्माणका क्रममा धार्चेको माछाखोलामा बेलीब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बेलिब्रिज बनेपछि तातोपानीसम्म गाडी चल्ने मेजर क्षेत्री बताउँछन् । चारदेखि आठ मिटर फराकिलो सडकको ठाउँठाउँमा थप सुधारको काम भने बाँकी रहेको बताइएकाे छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाटबाट चीनको सीमासम्म कुल १८० किलोमिटरको सडक निर्माण गर्ने जिम्मा नेपाली से’नाले लिएको छ। प्राविधिकसहित सेनाको ८५ जनाको टोली सडक निर्माणमा ख’टिएको छ।

नेपाली से’नाको विकास निर्माण नि’र्देशनालयका अनुसार काम सुरु गरेको दुई वर्षको अवधिमा २६ किलोमिटर छिचो’ल्दै सडक चुमनुब्री गाउँपालिका वडा नं. ३ सिर्दिबाससम्म पुगिसकेको हाे । यस्तै तिब्बतको सीमानामा रहेको लार्के भञ्ज्याङसम्मको सडक सर्भेको काम पनि सकिएको बताइएकाे छ ।

सम्बन्धित खवर

Back to top button