सत्तारुढ दलकै विद्यार्थीद्वारा मन्नी रायकाे पुतला द’हन


बारा : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे भातृ संगठनका विद्यार्थीले प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायको पुतला द’हन गरेका छन् । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रूखहरू का’ट्न नदिने भनेर अभिव्यक्ति दिएको वि’रोधमा आज कलैयाको भरतचोकमा पुतला द’हन भएको हो।
प्रहरीका अनुसार नेकपाका भातृ संगठन विद्यार्थी र युवाले मन्त्रीको पुत्ला द’हन गरेका हुन्। को’णसभा’मा नेकपा प्रदेश कमिटी सदस्य जितेन्द्र तिवारी, जिल्ला सदस्य मुकेश साह, ध्रुव यादव, रमेश साह, आदिद हुसेन, कौसल सिंह रामविनेश यादव, विद्यार्थी नेता राजेश गुप्ता, ईमरान आलमलगायतले सम्बोधन गरेका थिए।



विद्यार्थी तथा युवाहरुले प्रदेश सरकारविरु’द्ध ना’रा लगाएका थिए। उनीहरूले प्रदेश सरकार भ्र’ष्टाचारमा डु’बेको र मन्त्रीहरूले विवा’दित अभिव्यक्ति दिएको आ’रोप लगाएका थिए।








