लाेकप्रिय रियालिटी शाे नेपाल आइडल सिजन ३ को अडिसन सुरु हुँदै


काठमाडाैं : नेपालकाे चर्चित सिंगिङ् रियालिटी शाे नेपाल आइडल सिजन ३ को अडिसन सुरु हुँदैछ । नेपालको पहिलो फ्रेन्चाइज शो नेपाल आइडल सिजन ३ को अडिसन यहि भदौ महिनाको ३१ गतेबाट सुरु हुने भएको छ ।
पहिलो सिजनबाटै सर्वाधिक लोकप्रिय बनेको रियालिटी शो नेपाल आइडलले दुई जना होनहार प्रतिभालाई बिजेता बनाइसकेको छ, पहिलो सिजनमा पोखराको बुद्ध लामा बिजेता बनेका थिए भने, दोस्रो सिजनमा रवि ओड बिजेता भएका थिए ।



नेपाल आइडलको पहिलो र दोस्रो सिजनमा निर्णायक जज गायक तथा संगीतकार न्ह्यु बज्राचार्य, काली प्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी गरेका हुन् भने सिजन ३ मा पनि जजहरु नफेरिने छाटकाट देखिन्छ । किनकि अहिलेसम्म आयोजक टिमबाट आधिकारिक जानकारी बाहिरिएको छैन ।
भदौ ३१ गतेदेखि पोखराबाट नेापल आइडल सिजन ३ सुरु हुँदैछ । पाेखरामा छाैनट सकेर असोज ३ गते बुटवलमा अडिसन हुँदैछ । बुटवलकाे छनाैट सकेर असोज ६ गते नेपालगन्जमा अडिसन हुनेछ । नेपालगन्जकाे छनाैट सकेर असोज १० गते बिरगंजमा अडिसन हुनेछ भने अन्तिम अडिसन विर्तामाेडमा असोज १४ गते गरिनेछ ।








