कम्प्युटर चलाउँदा जान्नै पर्ने किबोर्डका सटकर्टहरु ‘की’हरु

काठमाडौं : विन्डोज अपरेटिंग सिस्टममा किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ । यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ । हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको छ । कतिपय सटकर्टहरु विन्डोजको पुरानो संस्करणमा चल्दैनन् । विन्डोज बटनसँगको सटकर्टहरु:

Windows Key ले किबोर्डमा Alt को देब्रे पट्टि हुने बटनलाई चिनाउछ । यस बटनले विन्डोजमा स्टार्ट मेनु पनि खोल्ने गर्छ ।
Windows Key + E : विन्डोजको फाइल एक्सप्लोरर खोल्न, Windows Key + D: सिधै विन्डोजको डेस्कटपमा जान, Windows Key + L: कम्प्युटर/ ल्यापटपलाई तु लक् गर्न, Windows Key + . : इमोजी मेनु खोल्न, Windows Key + Space: किबोर्डले टाइप गर्ने भाषा परिवर्तन गर्न ( दुईवटा किबोर्ड इन्स्टल गरिएको खण्डमा ), Windows Key + S: सर्च गर्न, Windows Key + 1,2,3… : टास्कबारमा पिन भएको एपहरुलाई खोल्न, Windows Key + Shift + S : नयाँ स्निपटुलबाट स्क्रिनसट लिन, Windows Key + PrtSrc : स्क्रिनसट लिन, Windows Key + P : डिस्प्लेलाई प्रोजेक्टर अथवा अर्को मोनिटरमा देखाउन, Windows Key + M : हाल खुलिरहेको विन्डोलाई मिनिमाइज गर्न, Ctrl, Alt र Shift बटनसँगको सटकर्टहरु, Ctrl + C: टेक्स्टलाई कपी गर्न, Ctrl + V: टेक्स्टलाई पेस्ट गर्न, Ctrl + A : स्क्रिनमा देखाएको सबै फाइल / टेक्स्टहरुलाई एकै पटकमा सेलेक्ट गर्न, Ctrl + Z: लेखि सकेको कुरालाई हटाउन, Ctrl + Y: हटाएको कुरालाई पुन: फिर्ता ल्याउन, Ctrl + Shift + Esc : टास्क म्यानेजर खोल्न, Alt + Left arrow : पछाडी आउन, Alt + Right arrow : अगाडि जान, Alt + Enter : जानकारी देखाउन, Alt + Spacebar: अप्सन मेनु खोल्न, Alt + F4 : खुलिरहेको विन्डो बन्द गर्न एकमात्र बटन थिचेर हुने सटकर्टहरु, F1 : सहयोग मेनु खोल्न, F2: फाइलको नाम परिवर्तन गर्न, F3: फाइल एक्सप्लोरारमा फाइललाई सर्च गर्न, F5: रिफ्रेश गर्न, F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन, Delete / Del: केहि कुरा डिलिट गर्न, Backspace : अगाडिको ट्याब वा लोकेसनमा जान / लेखेको टेक्स्ट मेट्न, इन्टरनेट ब्राउजर भित्र आवश्यक पर्ने सटकर्टहरु, F5: ट्याब रिलोड गर्न, Ctrl + F: मन लागेको शब्द सर्च गर्न, Ctrl + W : हाल खुलीरहेको ट्याबलाई बन्द गर्न, Ctrl + U : बन्द भइसकेको ट्याबलाई पुन: खोल्न, F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन, Ctrl + Shift + T : बन्द गरेको ट्याबलाई पुन: खोल्न । यो जानकारी अरुलाइ पनि काम लाग्छ जस्तो लाग्छ भने शेयर गरेर सबैलाइ जानकारी दिनुहोला ।

सम्बन्धित खवर

Back to top button