केन्द्रकाे विषयमा भएकाे झडपमा घाइते भएका स्थानीयकाे मृ’त्यु

धनुषा –धनुषाको हँसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा वि*वाद हुँदा भएको झ*डपमा घा*इते वृद्धको मृ*त्यु भएको छ। गत साउन २१ गते भएको झ*डपमा घा*इते भएर जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेका हँसपुर नगरपालिका–२ का ५५ वर्षीय तपेश्वर मण्डलको बुधवार राति मृ*त्यु भएको हो। हँसपुर नगरपालिकाको केन्द्र अहिले बघचौरामा छ। तर मेयर रामज्ञान मण्डलले कार्यालय सारेर आफ्नो घर भएको चोक बेल्ही लग्ने प्रयास गरे। रातारात बेल्ही चोकमा कार्यालय उद्घाटन समेत गरे। त्यसको भोलिपल्ट साउन २१ गते बघचौरा कार्यालयबाट सामान सार्न खोज्दा झ*डप भयो।

झडपमा उपमेयर रेणु झासहितका ६ जना घा*ईते भए। मेयर मण्डलका सहयोगीहरु प्रहरीको सहयोगमा समान सार्न खोज्दा उपमेयर झाको नेतृत्वमा बघचौराबासीले रो*क्न खोज्दा झ*डप भएको थियो। मेयर रामज्ञान मण्डल पक्षका व्यक्तिहरु घ*रेलु ह*तियार बोकेर कार्यालयको समान सार्न खोज्दा झ*डप भएको बघचौराबासीको आ*रोप छ। झ*डपपछि लगत्तै जिल्ला समन्वय समितिको सभापति रामदेव बनरैत यादव र प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंणेलको समन्वयमा बैठक बस्यो। बैठकबाट भएको चार बुँदे सहमतीमा घा*ईतेको उपचार गर्ने पनि उल्लेख रहेपनि मेयर मण्डलले उपचारमा चासो नदेखाउँदा तपेश्वर मण्डलको मृ*त्यु भएको नेकपाका स्थानीय नेता दिपेन्द्रकुमार यादबको आ*रोप लगाए।

उनी भन्छन्, ‘मेयरले सम्झौता बमोजिम तपेश्वरको उपचार गराएको भए पनि उनको मृ*त्यु हुने थिएन। तर पावरको ब*लमा उपचारमा चासो देखाएनन्।’ उनले सम्झौता अनुसार उपचार नगराएको र केन्द्र विवादमा दुई गाउँलेबीच लडाएकोले मेयर मण्डलमाथि कडा का*रबाही हुनुपर्ने माग समेत राखेका छन्। मृ*त्युपछि गाउँले आक्रोशित तपेश्वरको मृ*त्यू भएपछि बघचौराबासी आ*क्रोसित बनेका छन्। बुधवार राति करिब १० बजे गाउँबाट ठूलो संख्यामा आएका सर्वसधारण अंचल अस्पताल जनकपुर अगाडी प्रदर्शन समेत गरे। उनी हरु अस्पतालको गेटमै बसेर ह*त्यारा ‘मेयर मण्डललाई जेल हाल’ सहितका नारा लगाएका छन्।

मृ*तक तपेश्वरको गाउँमा शालिक बन्नुपर्ने, अ*पराधी मेयर मण्डलसहित झ*डपमा संलग्नलाई का*रबाही गर्नुपर्ने, शहिद घोषणा र उचित क्षतिपुर्ती सहितको माग स्थानीयले राखेका छन्।स्थानीयले प्रदर्शन गरिरहँदा नेकपाका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा पनि पुगे। उनले मृ*तक तपेश्वर आफ्ना कार्यकर्ता रहेको बताउँदै हँसपुरका मेयरले कानुनलाई हातमा लिन खोज्दा यो घ*टना घ*टेको आ*रोप लगाए। उनले प्रश्न गरे– राजनीतिक हिसावले स*माधान गर्नुपर्ने कुरामा दुई गाउँलेलाई ल*डाएर के गर्न खोज्या हो? नेता झाले कु*टपिटमा संलग्नमाथि प्रहरीले मु*द्दा दायर गर्न नचाहेको आ*रोप समेत लगाए।

सम्बन्धित खवर

Back to top button