अबदेखि एटिएमबाट दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न सकिने

काठमाडौं : अबदेखि एटिएमबाट दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न सकिने भएकाे छ । एकपटकमा न्यूनतम् पाँचसय अधिकतम २० हजार रुपैयाँ  निकाल्न सकिने छ । तर दिनमा ६० हजार भन्दा बढी निकाल्न पाइने छैन् । सबै बैंकिङ संस्थाहरुका लागि नेपाल राष्ट्र बैंकले एटिएमबाट निकालिने रकमको सीमा घटाउन जानकारी सहितकाे सूचना सार्वजनिक गरेकाे छ। ह्या’करले बैंकको सिस्टममै पसेर एटिएमबाट करोडौं रकम चो’र्न सफल भएपछि नेपाल राष्ट्र बैंकले यस्तो निर्णय गरेकाे हो।

चिनियाँ ह्या’करहरुको समूहले नक्कली भिसा कार्ड प्रयोग गरेर तीनवटा बढी बैंकको एटीएमबाट करोडौँ रकम चो’र्न सफल भएपछि नेपाल राष्ट्र बैंक यो निर्णय गरेकाे हो । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रद्वारा हस्ताक्षरित पत्र अनुसार अब एटिएमबाट एक पटकमा अधिकतम् २० हजार रुपैयाँ र एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न सकिने छ।

यस भन्दा पहिले एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा अधिकतम् २५ हजार रुपैयाँसम्म निकाल्न पाइन्थ्यो। साताअघि चिनियाँ ह्या’करहरुको समूहले प्रभु र एनआईसी एसियासहितका बैंकको सिस्टम र भिसा कार्डको स्वीच नै ह्या’क गरेर करोडौं रुपैयाँमा निकालेका थिए । तर समयमै सूचना पाएपछि प्रहरीले चिनियाँ ह्य’करहरुको समूहलाई प’क्राउ गर्न सफल भएको थियो।

हेर्नुस् सबै संस्थाका लागि जारी गरिएकाे पत्र

सम्बन्धित खवर

Back to top button