दुईतिहाईको शक्तिशाली सरकारको काम: भ्रमण र आसेपासे पाल्नै ठिक्क

काठमाडौं : दुईतिहाईको शक्तिशाली कम्युनिस्ट सरकारले राम्रा राम्रा कार्यहरु गर्नु पर्ने हो । जनताले प्रत्यक्ष महशुस गर्ने गरि कामहरु धमाधम गर्नुपर्ने हो । तर, त्यसो गर्न सकेन उल्टो ठूल्ठूला काण्डहरुको साँची बसेर त्यो घटना यसो होइन भन्नमै व्यस्त रह्यो सरकार । गरिब जनताका आँसु पसिना पुछ्ने ठाउँमा तिनै जनताले कर तिरेको पैसाले आफ्नाकाप्ना भजाउने देखि लिएर विदेश सयर गर्नमै व्यस्त छ दुईतिहाईको शक्तिशाली कम्युनिस्ट सरकार ।

शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा मत्रै करिब २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । चालू आर्थिक वर्षका लागि भ्रमण (विशिष्ट व्यक्तिको भ्रमण र प्रतिनिधिमण्डलको खर्चसमेत) १ अर्ब ८३ करोड रुपैयाँ विनियोजन भएकोमा यो रकम पौष नलाग्दै सकिइसकेको थियो । महालेखाका अनुसार पौष मसान्तसम्म भ्रमण खर्चबापत २ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको छ ।

कारोबार दैनिकका अनुसार हालको राजस्व शीर्षक वर्गीकरणअनुसार भ्रमण बजेटलाई तीन भागमा खण्डीकरण गरिएको छ, भ्रमण, विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डलको भ्रमण तथा अन्य भ्रमण । यी तीनमध्ये शीर्षकमा यस वर्ष १ अर्ब ७२ करोड विनियोजन भएकोमा पौष मसान्तसम्म नै २ अर्ब १५ करोड खर्च भइसकेको थियो ।

चार महिनापछि कति सकियो होला अनुमान लगाउन सकिन्छ । त्यसमा पनि यसपटक सम्माननीय प्रधानमन्त्री ओलीको उपचार सिंगापुरमा भैरहेको सर्ववित्तितै छ । यसक्रममा भएको खर्चको विवरण भविष्य आउने नै होला ! यद्यपि, उनले आफू सर्कलका नेताहरूलाई उतै बोलाएर थप राज्यलाई व्ययभार थपिरहेका छन् । देशको प्रधानमन्त्रीले आफ्नो निजी स्वार्थको लागि अर्थात आफ्नो पार्टीको स्वार्थको लागि यतिसम्मको हर्कत गर्नु कत्तिको जायज हो ? आम जनताको प्रश्न हो यो !

सम्बन्धित खवर

Back to top button