सुन्द्रावती खोलाले कार बगाउँदा एकजनाकाे मृ’त्यु, दुईजना घा’इते


चरिकोट : दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले मध्यरातमा कार बगा’उँदा एक जनाको ज्यान गएको छ भने दुई जना घा’इते भएका छन् । अविरल वर्षापछि बढेको खोलाले कार बगा’उँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको ज्यान गएको छ भने सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घा’इते भएका छन् ।
घा’इते दुवैको अवस्था सामान्य रहेको र उनीहरुको सदरमुकाम चरिकोटमा उप’चार भइरहेको प्रहरीले जनाएको छ । सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको इकोस्पोट बा१९च ४३९० नंको कार गए राति ११ः३० बजेको समयमा सुन्द्रावतीखोला त’र्ने क्रममा बाढीले बगा’एको हाे । अविरल वर्षासँगै खोला बढेकाले घटना भएको स्थानीयवासीले बताएका छन् ।



जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराका अनुसार मृ’तकको श’व परी’क्षणका लागि चरिकोट अस्पताल ल्याइएको र कारलाई मेसिन प्रयोग गरी निकाल्ने तयारी भइरहेको बताए । याे खाेलामा यस अघि पनि थुप्रै घटना भैसकाे भएपनि सराेकारवाला निकायले यसकाे समाधान तिर कुनै चासाे नदेखाएकाे स्थानीय बताउँछन् ।








