‘हेलिकप्टरमा राखेलगत्तै जन्मियो बच्चा’

जाजरकोट : जाजरकोटमा सु’त्केरी हुन नसेकेर सम’स्यामा परेकी एक महिलाको हेलिकेप्टरमार्फत उ’द्धार गर्दागर्दै बच्चा ज’न्मिएको छ ।

तोकिएको मितिभन्दा झण्डै ७ दिन म्या’द ना’घ्दासम्म सु’त्केरी हुन नसकेपछि कुशे गाउँपालिका–१ धाउनीकी २५ वर्षीय सङ्गीता सिंह (शाही)लाई उ’द्धार गर्न हेलिकप्टरमा राखेलगत्तै छोराको ज’न्म भएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उ’त्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोगमा हेलिकप्टरबाट उ’द्धार गरिएको वडा नं १ अध्यक्ष गोपाल नेपालीले बताए। भदौ १६ गते सु’त्केरी हुने व्यथा लागेपछि टालेगाउँ स्वास्थ्य चौ’कीमा लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि परिवारका सदस्यले भदौ १७ गते पजारु स्वास्थ्य चौ’कीमा लगेका थिए । त्यहाँ पनि उपचार सम्भव नभएपछि बिहीबार गाउँपालिका–१ गोर्जाचौरमा बो’केर ल्याई हेलिकप्टरमार्फत सुर्खेत पठाउने तया’री हुँदाहुँदै बच्चा ज’न्मिएको हो ।

अहिले आमाको अवस्था ग’म्भीर रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर विसीले जानकारी दिए। आधा’रभूत स्वास्थ्य तथा सरसफाइ शाखाका अनुसार सङ्गीतालाई अत्य’धिक र’क्तश्रा’व भइरहेको छ ।

सम्बन्धित खवर

Back to top button