गाैहत्या प्रकरणः समातिए प्रहरी निरीक्षकसहित दुईजना


काेहलपुर : गौह’त्या प्रकरण पुनः प्रहरी निरीक्षकसहित दुईजना पक्राउ गरेको छन् । बाँके प्रहरीको सहयोगमा नेपालगञ्जबाट प्रहरी निरीक्षकसहित दुईजना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सत्रिप्तसिंह श्रेष्ठलाई प’क्राउ गरिएको हो । उनीहरु दुबैलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका बोगटीको नेतृत्वमा नेपालगञ्ज नगर प्रहरीको टोलीले आठ वटा ट्रकमा छाडा गाई सुर्खेतमा ल्याएर अलपत्र छाडेको प्रहरीको भनाइ छ । यस्तै गाई ढुवानीमा संलग्न रहेको भन्दै चितवन ट्रान्सपोर्टका सञ्चालक श्रेष्ठलाई प’क्राउ गरिएको हो । गौह’त्या प्रकरणमा यसअघि सातजना प’क्राउ परिसकेका छन् । गाई लोड गरिएका पाँचवटा ट्रक र तिनका चालक र सहचालक गरी सातजनालाई यसअघि नै प’क्राउ गरिएको थियो । अनुस’न्धानका क्रममा घटनामा संलग्न रहेको देखिएकाले प्रहरी निरीक्षक बोगटी र ट्रान्सपोर्टका सञ्चालक श्रेष्ठलाई बिहीवार नेपालगञ्जबाट निय’न्त्रणमा लिइएको सुर्खेतका एसपी बसन्त रजौरेले बताए ।



उनले भने, ‘हालसम्म नौजना प’क्राउ परेका छन्, घटनाको मसिनो गरी अनुस’न्धान गरिरहेका छौँ । दो’षी उम्कन पाउँदैनन् ।’ गाई ढुवानीमा प्रयोग भएका अरु तीनवटा ट्रकको खोजी भइरहेको प्रहरीको भनाइ छ । यस्तै गौह’त्याको घटनामा छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीले सुर्खेत र दैलेखमा पनि स्थलगत अध्ययन गरेको छ । छानबिन टोलीले सुर्खेतमा भीरबाट गाई खसा’लिएको स्थान र दैलेखमा सरोकारवालासँग पनि छ’लफल गरेको हो । यो घटनाको छा’नबिनका लागि मात्र तीन वटा समिति गठन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय र यो घटनामा मु’छिएको नेपालगञ्ज उपमहानगरपालिकाले पनि छु’ट्टाछुट्टै छा’नबिन समिति गठन गरेका हुन् ।
यसअघि नेपालगञ्ज उपमहानगरले रातारात दैलेख लैजान लागिएका गाई सुर्खेतमा अल’पत्र छा’डिएपछि दैलेखका स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले आफूहरुले गाई नमगाएको बताइसकेका छन् । तर, जिल्ला समन्वय समितिले रातारात न’क्कली पत्र तयार पारेर गाई आफूले मगाएको दा’बी गरेपछि घटना थप रहस्यमय बन्दैगएको छ । यस विषयमा पनि अनुस’न्धान भइरहेको प्रहरीको भनाइ छ । सुर्खेतमा अलपत्र छाडिएका करिब दुई सय गाई नेपालगञ्ज नै फिर्ता गरिसकिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
यही भदौ १२ गते नेपालगञ्ज उपमहानगरले दैलेख लैजाने भन्दै पठाइएका दुई सय ९१ ओटा गाई–गोरु सुर्खेत पुर्याएर भीरबाट खसालिएका थिए । भीरबाट खसा’लिएका मध्ये हालसम्म ४० वटा गाई म’रेका छन् । यस्तै दर्जनौं गाई–गोरु घा’इते भएका छन् ।








