पैदलयात्री जाेगाउन खाेज्दा एम्बुलेन्स प’ल्टिँयाेः एकको मृ’त्यु, चारजना घा’इते


महाेत्तरी : जिल्लाकाे बर्दिबास ३ मा एम्बुलेन्स पल्टिँदा एक जनाको मृ’त्यु भएको छ भने चार जना घा’इते भएका छन्। पैदल यात्रीलाई जोगाउने क्रममा एम्बुलेन्स प’ल्टिँदा त्यसमै सवार ५० वर्षीय तारा बादीको मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका इन्स्पेक्टर प्रकाशबहादुर सिंहले जानकारी दिए ।
उक्त दु’र्घटनामा परी बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृ’तकका छोरा उवेश बादी र छोरी गंगा बादी घा’इते भएका छन् भने पैदल यात्री धनुषाको मिथिला नगरपालिका ४ रोशा बराइली पनि घा’इते भएका हुन्। उनको दाहिने खुट्टा भाँ’चिएको छ।



प्रहरीका अनुसार घा’इतेहरुको उपचार बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ । घरायसी झगडामा उवेश लगायत घा’इते भएपछि उनीहरुलाई एम्बुलेन्सबाट अस्पताल लाँदै गर्दा एम्बुलेन्स दु’र्घटनामा परेको इन्स्पेक्टर प्रकाशबहादुर सिंहले बताए ।








