नेपाल-चीन उच्चस्तरीय बैठक सुरु

काठमाडौं : राजधानीकाे हाेटल याक एण्ड यतीमा नेपाल-चीन उच्चस्तरीय बैठक सुरु भएको छ । चीनका विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीकाे नेतृत्वकाे टाेली वीच होटल याक एण्ड यतीमा बैठक सुरु भएकाे जनाइएकाे छ । नेपाली टाेलीमा परराष्ट्रमन्त्री ज्ञवालीलेसँगै अर्थमन्त्री डा. युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लिलामणी पोखरेल, परराष्ट्र सचिव शंखर वैरागी, मन्त्रालयमा चीन मामिला हेर्ने सहसचिव काली पोखरेललगायत छन्।

राजधानीकाे हाेटल याक एण्ड यतिमा सुरु भएको विदेशमन्त्रीस्तरीय नेपाल-चीन संयन्त्र बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाली समकक्षी प्रदीप ज्ञवालीले स्वागत गरेका थिए । करिब एक घण्टा चल्ने बैठकमा शिक्षा र अर्थ विषयक समझदारी पत्र हस्ताक्षर हुने बताइएको छ ।

बैठक पछि परराष्ट्रमन्त्रालयले बैठकको उपलब्धी बारे जानकारी दिने बताएको छ। चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आइपुगेका थिए । विदेशमन्त्री यीले सोमबारको संयन्त्र बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुले पनि विदेशमन्त्री वाङ यीलाई भेट्ने कार्यक्रम रहेका बताइएकाे छ।

सम्बन्धित खवर

Back to top button