‘सरकारले जाबाे लामखुट्टे लखेट्न पनि सकेन, अरु के गर्छ ?’


पोखरा : सरकारकाे प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामप्रति प्रश्न चिह्न उठाएका छन् । कांग्रेसको जागरण अभियान अन्तर्गत पोखरामा आयोजना गरिएको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले जाबो किरा मार्न नसक्ने पनि सरकार भन्दै सरकारको क’डा आ’लोचना गरे ।
देश व्यापी रुपमा फैलिएकाे डेंगुले म’हामारीकै रुप लिन थालेपछि यस्ताे प्रतिक्रिया दिएका हुन् । ‘डेंगुको यत्रो प्र’कोप फैलिएको छ,’ उनले भने,‘हस्पिटलहरु भरिन थालिसके, लामखुट्टे लखेट्ने काम पनि सरकार गर्न सकिरहेको छैन ।’ तत्काल टोली पठाएर लामखुट्टे हटाउनु पर्नेमा त्यति काम पनि गर्न नसकेको भन्दै उनले सरकारप्रति आ’क्रोश पोखे ।



२०५० सालमा तराईंका पाँच जिल्लामा बाढी आउँदा नेपाली कांग्रेसले तत्काल उ’द्दारमा खटिएको उनले स्मरण गरे । सरकारले एकातिर सपना देखाएर अर्कैतिर काम गरेको उनले आ’रोप लगाए ।








