मेयर रेणुलाई गाली गर्दै फेसबुकमा अश्लील शब्द लेख्ने पक्राउ

चितवन : ज्ञानेन्द्र शाहीको विषयलाई जोडेर फेसबुकमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालआई गाली गर्दै अश्लील स्ट्याटस लेख्ने पक्राउ परेका छन् । पुष्प कमल दाहाल ‘प्रचण्ड’ पुत्री मेयर रेणुको चरित्र हत्या हुने गरी फेसबुकमा अश्लील शब्द पोष्ट गरेको भन्दै चितवन प्रहरीले पशुपति श्रेष्ठलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयको टोलीले पूर्वी चितवनका श्रेष्ठलाई पक्राउ गरेको हो। श्रेष्ठलाई साइबर क्राइम अन्तर्गत मुद्दा चलाइने चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए।

ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाही शनिबार दिउँसो भरतपुरमा कुटिएपछि त्यसको दोष लगाउँदै रेणुविरूद्ध केही फेसबुक प्रयोगकर्ताले जथाभावी लेखेका छन् । त्यसपछि भरतपुर महानगरपालिकाको कार्यालयले रेणुविरुद्ध जथाभावी लेख्नेलाई पक्राउ गर्न मागसहित जाहेरी दर्ता गरेको थियो ।

महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमको जाहेरी आइतबार दिउँसो दर्ता गराएको हो। उजुरीको जानकारी गृह मन्त्रालय र प्रहरी मुख्यालयमा पनि गराइएको छ।

शाही कुटिएपछि सामाजिक सञ्जालका केही प्रयोगकर्ताले रेणुलाई त्यसको दोषी देखाउँदै तस्बिर अर्धनग्न तस्बिर जोडी फेक फेसबुक आइडी बनाएर फेसबुकमा पोष्ट गरेका छन् ।

पर्यटन मन्त्री योगेश भट्टराईको विषयलाई लिएर शाही माथी सांघातिक आक्रमण गरिएको थियो । पर्यटन मन्त्री भट्टराईले नेपालगन्जबाट काठमाडौंं आउने क्रममा करिब ४५ मिनेट प्लेन डिले गराएका थिए । प्लेन डिले गराएपछि ज्ञानेन्द्र लगायतका केही प्यासेन्जरले विरोध जनाएको विषयले ठूलो रुप लिएको हो ।

सम्बन्धित खवर

Back to top button