‘पूर्वराजा र ओली शासनमा कुनै फरक छैन्’

धनुषा : सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पूर्वराजा ज्ञानेन्द्र शाहको शासन र केपी शर्मा ओलीको शासनमा कुनै फरक नदेखिएको बताएका छन्।

नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक खाँडले तनहुँमा नेता डा. मिनेन्द्र रिजालमाथि भएको आक्रमणको प्रयास घटनाले ओली नेतृत्वको कम्युनिष्ट सरकार निरंकुश बन्दै गएको स्पष्ट भएको टिप्पणी गरेका छन् । उता चितवनमा नेकपाकै कार्यकर्ताले ज्ञानेन्द्र शाहीलाई गरेको कुटपिट घटनामा समेत उनले आपत्ति जनक रहेको बताए ।

ज्ञानेन्द्र शाहीको विचारसँग हामी सहमत हुन सक्दैनौं भन्दै उनले भने, ‘विचार नमिल्दैमा बोल्न नदिने? कार्यक्रम पनि गर्न नदिने? जिल्ला प्रवेश गर्दा कुटपिट गर्न लगाउने?’ उनले आफ्नो विचार पनि व्यक्त गर्न नदिने ओली सरकारको शैली ज्ञानेन्द्र शाहको शासन कालको मण्डले जस्तो भएको बताए।

प्रमुख सचेतक खाँडले नेकपाले चिनियांँ कम्युनिष्ट विचारधारा नेपालमा ल्याउन खोजेकोमा आपत्ति जनाए । उनले भने, ‘चीनमा न प्रेस स्वतन्त्रता छ, न मानव अधिकार । अनी त्यहाँका व्यवस्थाको नक्कल गरे जनताले स्वीकार्न सक्दैन।’

सम्बन्धित खवर

Back to top button