मोरङमा माछा पोखरीमा डुबेर बालकको ज्यान गयो

मोरङ : मोरङमा खेल्दै गरेको बालकको माछा पोखरीमा डुबेर ज्यान गएको छ । बिराटनगर महानगरपालिका-१७ मटेरुवास्थित माछा पोखरीमा डुबेर १४ महिने एक बालकको ज्यान गएको हो ।
मंगलबार साँझ खेल्ने क्रममा अचानक पोखरीमा डुब्दा सोही स्थानका अशोक ऋषिदेवका छोरा सागरको ज्यान गएको प्रहरीले जनाएको छ ।



पोखरीमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारका लागि कोशी अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै ज्यान गएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








