विप्लवका पश्चिम कमाण्ड इन्चार्जसहित पक्राउ परेका २१ जना नेताकार्यकर्ता अदा’लतमा पेस: ६ थान पे’स्तोल ब’रामद

दाङ : प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पश्चिम कमाण्ड इञ्चार्ज वीरजंग चन्दसहित २१ जना प’क्राउ परेका नेता तथा कार्यकर्तालाई दाङ जिल्ला अदालतमा पेस गरिएको छ । दाङको राजपुर गाउँपालिका-४ मरेठा जंगलबाट बिहीबार बिहान पक्राउ परेका प्रतिबन्धित ‘विप्लव’ नेतृत्वको नेकपाका पश्चिम कमाण्ड इञ्चार्ज चन्दसहित २१ जना नेता तथा कार्यकर्तालाई शुक्रबार अदा’लतमा पेस गरी पाँच दिन न्यायि’क हिरा’सतमा राखेर अनुस’न्धान गर्ने म्या’द थप गरिएको हो ।

पक्रा’उ गरेका उनीहरूलाई दाङ देउखुरी जिल्ला अदा’लत घोराहीबाट आवश्यक अनुस’न्धानका लागि ५ दिनको म्या’द थप गरिएको हो। म्या’द थपका लागि दाङ देउखुरी जिल्ला अदा’लत पेश गर्नुअघि उनीहरूलाई सरकारी वकिलको कार्यालयमा लगिएको थियो।

दाङ प्रहरीले शुक्रबार पक्रा’उ परेकाहरूको सम्पूर्ण विवरण पनि सार्वजनिक गरिएको छ। पक्रा’उ परेकाहरूबाट लोड गरिएको पेस्तो’ल, गो’लीसहित महत्वपूर्ण राजनीतिक दस्ता’वेज ब’रामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए। प्रहरीले दुइटा अमेरिकन लोड गरिएको पे’स्तोल दुई थान, क’टुवा पे’स्तोल चार था’न, नगद ३ लाख ८४ हजार पाँच सय तीस रुपैयाँसमेत ब’रामद गरेको छ।

त्यसैगरी, २४ था’न मोबाइल सेट, केन्द्रीय समितिको आठौं पूर्ण बैठकको राजनीतिक प्रस्ताव लेखिएको २५ पानाको तीन ठेली, चन्दा संकलनको लागि ठिक्क पारिएको पत्र, नेपाल कम्युनिष्ट पार्टीको छा’प, विभिन्न राजनीतिक दर्शनका किताबसमेत बरा’मद गरी सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङले प’क्राउ परेकाहरूलाई संगठित अप’राध, राज्यविरु’द्धको अप’राधमा मु’द्दा दर्ता गरी अनुस’न्धान सुरु गरेको जनाएको छ। सूचना प्राप्त भएपछि खटिएको प्रदेश ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङले विप्लवको राप्ती ब्यू’रोको बैठक बसिरहेको बेला राति १ बजे पक्रा’उ गरेको थियो।

उनीहरूले तत्कालीन माओवादीले से’ल्टरका रूपमा प्रयोग गरेको ठाउँलाई नै आफ्नो से’ल्टरको रूपमा प्रयोग गदै आएका रहस्य खुलेको छ। दाङको नेपाल–भारत सीमा नजिकका नेपाली बस्तीलाई तत्कालीन माओवादीले से’ल्टरको रूपमा प्रयोग गर्ने गरेको थिए।

अहिले विप्लवका नेता तथा कार्यकर्ताले पनि यिनै बस्तीलाई सु’रक्षित स्थल मानेको पाइएको छ। तर, प्रहरीले विप्लवका नेता कार्यकर्ताको से’ल्टर र गो’प्य बैठक बसेको स्थल पत्ता लगाएको थियो।

कालाकाटे–सिक्टा सडकखण्डको दुलैया स्कुलदेखि करिब १० किलोमिटर भित्र मुंग्रेठा खोला पर्छ। यो गाउँमा तत्कालीन माओवादीले विशेष प्रशि’क्षण र गो’प्य बै’ठक राख्ने गरेका थिए।

सम्बन्धित खवर

Back to top button