आज र भोलि नेवार समुदायकोे म्हः पूजा


काठमाडौं : नेवार समुदायले आज र भोलि म्ह: पुजा गर्ने भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेवार समुदायले गर्दै आएको आत्म (म्हः) पूजा आजै गर्नुपर्ने निर्णय गरेपनि नेवार समुदायका मानिस भने आत्मपूजा आज र भोलि दुई दिन गर्नेमा विभाजित भएपछि दुई दिन म्ह: पुजा गर्ने भएका हुन् ।
समितिका सदस्य कीर्तिमदन जोशी शास्त्रसम्मत निर्णयअनुसार सोमबार नै आत्मपूजा गर्ने बताउँछन्। विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले आजै आत्मपूजा गरी मङ्गलबार भाइटीका लगाउने तयारी गरेका छन्।



काठमाडौं उपत्यका र बाक्लो नेवारी बस्ती भएका स्थानमा भने नेवार समुदाय म्हःपूजा एवं भाइटीका मनाउन विभाजित भएका छन्। सदस्य जोशी भने धर्म राजनीति भएकाले एकथरि मानिस शास्त्रसम्मत पर्व नमनाउने निर्णयमा पुगेको बताउँछन्।








