लिपुलेकसहितका सीमा क्षेत्रमा सश’स्त्रका २० पो’स्ट राखिँदै


काठमाडौं : लिपुलेकसहितका सीमा क्षेत्रमा नेपाल सश’स्त्र प्रहरीका २० पो’स्ट राखिँने भएका छन् । भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पो’स्ट (बिओपी) स्थापना हुने भएको हाे । सीमा सुर’क्षालाई थप बलियो बनाउन गृह मन्त्रालयले बिओपी थप्न लागेको हाे ।
चीनसँगको सीमानामा चार बिओपी स्थापना हुनेछन् । दार्चुलाको लिपुलेक, हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको किमाथांकामा सश’स्त्र प्रहरीले बिओपी स्थापना गर्नेछ । भौगोलिक रूपमा निकै क’ठिन भएकाले विस्तृत तयारी गरेर चार नाकामा बिओपी स्थापना गर्न लागिएको सश’स्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए ।



लिपुलेकमा बिओपी स्थापना गर्नुलाई महत्वपूर्ण मानिएको छ । दुई वर्षअघि भारत र चीनले नेपालको जानकारीविनै नेपालको भू–भाग पर्ने लिपुलेकमा ट्रा’न्जिट बनाउने स’म्झौता गरेका थिए । सो क्षेत्रमा भारत र चीन दुवै देशले नेपालको सीमा मिचेको रिपोर्ट गृह मन्त्रालयमा आएको छ । चीनसँगका अन्य नाकामा पनि आ’पराधिक घ’टना बढेपछि प्रहरीको उपस्थिति बढाउन लागिएको हो । ‘यस वर्ष २० देखि २५ वटा बिओपी थप्ने हाम्रो योजना छ,’ उनले भने, ‘थप बिओपी भारतसँगको सीमा क्षेत्रमा स्थापना हुनेछन् ।’








