ग’म्भीर आ’राेप लागेपछि पर्यटन मन्त्रीद्वारा राजी’नामा

काठमाडौं : सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश बहादुर रावलले राजी’नामा दिएका छन् । आइतवार रावलले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजी’नामा बुझाएका हुन् । राज्यमन्त्री रावलमाथि कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति क्याम्पसको शेयर बिक्री प्रकरणमा ठ’गी गरेको आ’रोप लागेको थियो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता मानिएका रावलविरुद्ध उनकै पार्टीका स्थानीय नेतासहितका १० जनाले ठ’गीको उ’जुरी दिएका थिए । रावलसहित ३६ जनाविरु’द्धको उ’जुरीमा प्रहरीले करिब १ वर्ष लगाएर अनुस’न्धान गरेको थियो ।

प्रहरीको अनुस’न्धानपछि जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरले गत भदौमा रावलसहित ३६ जनाविरु’द्ध जिल्ला अदा’लत कञ्चनपुरमा अभि’योग पत्र दा’यर गरेको थियो । भदौमा मु’द्दा दर्ता भएपनि रावल भने कात्तिक ६ गते मात्रै अदा’लतमा उपस्थित भएका थिए । अदा’लतमा उपस्थित भएकै दिन रावलको बया’न लिइएको थियो । सोही दिन बया’न सकिएर थु’नछेक आ’देश समेत जारी भएको थियो । जिल्ला न्यायाधीश गोपाल वास्तोलाको इजलाशले रावललाई साधारण ता’रेखमा राखेर मु’द्दाको पु’र्पक्ष गर्न आ’देश जारी गरेको थियो ।

त्यस्तै भारतीय ह’स्तक्षेपबिरुद्ध देश आ’न्दोलनमय भइरहेका बेला सत्तारुढ दलका २ अध्यक्ष केपी ओली र प्रचण्ड भने गो’प्य छ’लफलमा जु’टेका छन् । नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नि’युक्तीमा सहमति जुटेको स्रोतले बतायो। अध्यक्षद्वयबीच आइतबार दिउँसो बालुवाटारमा झन्डै डेढ घन्टा छ’लफल भएको र आयोगहरुको नेतृत्व टुंगो लागेको स्रोतले बतायो। नेकपामा अनुशा’सन आयोग, निर्वाचन आयोग र लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन भएको छैन। अन्य पार्टीका विभागमा पनि सदस्य चयन हुन बाँकी छन्। अमिक शेरचन प्रदेश ४ को प्रमुख भएपछि अनुशासन आयोगमा अमृत बोहोराले नेतृत्व पाउने लगभग टुङ्गो लागेको छ। मंगलबारको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टु’ङ्ग्याउने स्रोतले बतायो। अध्यक्ष प्रचण्ड सोमबार चितवन जाने कार्यक्रम छ। उनी चितवन फर्किएलगत्तै नेकपाको सचिवालय बैठक बस्न लागेको हो।

यसैबीच सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू हेलिकप्टर चढेर रसुवाको गोसाइकुण्ड पुगेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य युवराज ज्ञवाली हेलिकप्टरमा आइतबार गोसाइकुण्ड पुगेका हुन्। नेताहरू गोसाइकुण्डमा दुई घन्टा बिताएर काठमाडौं फर्किसकेको खनालका सहयोगी कृष्ण भट्टराईले बताए। ‘नेताहरू घुम्न जानुभएको थियो फर्किसक्नुभयो,’ उनले भने, ‘पर्यटन वर्ष २०२० लाई पनि यसले थप सहयोग गर्छ।’ गोसाइकुण्डमा पुगेको फोटो प्रवक्ता श्रेष्ठले ट्वीट गरेका छन्। उनले लेखेका छन्, ‘संसारको औंलामा गन्न सकिने सुन्दर देशहरुमध्ये एक हाम्रो देश नेपालको मनोरम स्थल गोसाईकुण्डको आजको यात्रा रमाईलो र आनन्ददायक रह्यो।’ यता कर्मचारीहरुको काम गर्ने शैली चुस्त नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अस’न्तुष्टि व्यक्त गरेका छन् ।

साथै ओलीले सचिवालयमा नयाँ कमर्चारीहरु ल्याउने तयारी पनि गरेका छन् । स्रोतका अनुसार ओलीले आफ्नो सचिवालयका कर्मचारीहरुलाई राजी’नामा नै दिन निर्देशन दिएको खुलासा भएको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले सचिवालयका सबै कर्मचारी र सहयोगीलाई एक महिनाभित्र राजी’नामा दिन नि’र्देशन दिएका हुन् । स्रोतका अनुसार प्रमुख सल्लाहकार विष्णु रिमालको ठाउँमा समेत महेन्द्र पाण्डेलाई जिम्मेवारी दिने वा अरु कोही हुनसक्छ भनेर आवश्यक पात्रको खोजी भइरहेको छ । त्यस्तै ओलीका प्रेस सल्लाहकार कुन्दन अर्याल र रामशरण बजगाईंले भने राजी’नामा नै बुझाइसकेको स्रोतको दा’बी छ । यद्धपि यी विषयमा सम्बन्धित व्यक्तिले कुनै आधिकारिक धारणा बाहिर ल्याएका छैनन् ।

सम्बन्धित खवर

Back to top button