पूर्व जनमु’क्ति से’नाको प्रधानमन्त्रीलाई खुला पत्र

प्रकाश कुमार सिंह जो द’स वर्षे स’शस्त्र सं’घर्षमा होमिएका थिए । उनी गृह यु’द्धको समयमा वि’द्रोही पक्षबाट से’नाको भूमिकामा थिए । यस्तो छ उनै पूर्व जनमु’क्ति से’नाले लेखेको खुलापत्र ।

सम्माननीय प्रधानमन्त्री ज्यू, नमस्कार ।

सर्बप्रथम तपाईंको स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछु । तपाईं मिर्गौंलाको उपचार गराइ राख्नुभएको छ । छिटोभन्दा छिटो सन्चो होस् मेरो शुभकामना । किनकी तपाईं देशको कार्यकारी प्रधानमन्त्री हुनुहुन्छ । देशमा हुने हरेक सम’स्याको समा’धान गर्न तपाईंको खाँचो पर्छ । त्यसैले तपाईं जति क्रियासिल बन्नुहुन्छ, देशमा भएका सम’स्याको स’माधान पनि त्यति नै छिटो स’माधान हुन्छ ।

प्रधानमन्त्री ज्यू, देश यतिबेला भारतीय विस्ता’रवादविरुद्ध आ’न्दोलनतर छ । यो कसलाई सत्तामा पुर्‍याउने र कसलाई गि’राउने आ’न्दोलन होइन । यसअघिका आ’न्दोलन सत्तामा पुग्न गरिएका थिए । तर अहिले परिस्थिति फेरिएको छ । जनता अहिले सिङ्गो राष्ट्रको र’क्षाको लागि राष्ट्रिय मु’क्ति आ’न्दोलन गरिरहेका छन् । राष्ट्रिय स्वाधीनता र आत्म सम्मानको आ’न्दोलनमा छन् । भारतीय हेप’हा प्रवृत्तिकाविरुद्धको आ’न्दोलनमा छन् ।

अहिले देश साँच्चिकै जुरुक्क उठेको छ । को पक्ष को बिप’क्षी भन्ने कुरा नै छैन । सबै दल सबै जनताको एउटा मात्र चासो र चिन्ता भनेको हाम्रो देशको सिमानामा भारतीय ह’स्तक्षेप छ । हाम्रो भूमि मि’चिएको छ । त्यो मि’चिएको सम्पूर्ण भू–भाग फिर्ता हुनुपर्छ भन्ने राष्ट्रभावका साथ नेपाल आमाका सपुतहरु आ’न्दोलनमा छन् । सायद यति ठूलो राष्ट्रिय एकता इतिहासमा बिरलै अवस्थामा मात्र हुने गरेको छ । अहिले त्यो बिरलै राष्ट्रिय एकता फेरि एकपटक देखिएको छ, राष्ट्रिय हित र देशको मि’चिएको सिमाना फिर्ताका लागि ।

प्रधानमन्त्री ज्यू, हाम्रो देश भारतीय विस्ता’रवादी नीतिका कारण दिनानुदिन अति’क्रणम भईरहेको छ । सिमानामा जङ्गे पिल्लरहरु ढ’लिरहेका छन् । हाम्रो जमिन एकपछि अर्को गर्दै दिनानुदिन भारतले क’ब्जा गरिरहेको छ । सीमानाका नेपालीहरु राति सुत्ने बेला नेपाली बिहान उठ्ने बेला भारतीय भएकोे खबरहरु छन् । जग्गा धनी लालपूर्जा नेपाली जमिन भारतीय भएका थुप्रैपटक समाचार सुनिरहेका छौं । यसबेला जनताले राष्ट्रको नेतृत्वबाट बलियो,भरपर्दो,हिक्मतीलो र साहसी राजनेता खोजेका छन् ।

प्रधानमन्त्री ज्यू ,इतिहास निमार्ण गर्ने र सिङ्गो राष्ट्रको सुदृढ गर्ने जिम्मे’वारी सबै सबैले पाउदैनन्, यो अव’सर र जि’म्मेवारी अहिले तपाईंको काँधमा आएको छ । यसलाई पूरा गरेर इतिहासमा आफ्नो नाम दर्ज गर्नुहोस् । मानिस जन्मिएपछि अन्ततः मर्ने नै हो । यो धर्तिमा जन्मिए पछि जिबित नै रहेकोे इतिहास कसैको छैन । र रहँदा पनि रहँदैन । किनकि यस पृथ्वीका सजिव प्राणीको अ’न्त्य अवश्य नै हुन्छ ।

तर म’रेर पनि जनता र राष्ट्रले सम्झिरहने र सँधै अमर रहिरहने ती व्यक्ति मात्र हुन्, जसले राष्ट्र र जनताको लागि यस धर्तिमा केही त्यस्ता एैतिहासिक काम गरेका हुन्छन् । जसलाई जनताले सँधै सँधै सम्झिरहन्छन् । उनीहरु जुगौं जुग बाँचिरहन्छन् । हामीले हाम्रो देशको निम्ति अङ्ग्रेजहरुसँग भोकभोकै पानी पनि नखाई ल’ड्ने भक्ति थापा, अमरसिंह थापा, वीर बलभद्र कुँवर र भीमसेन थापाको बिरास’त कायम गर्नुछ । नेपाल राष्ट्रको एकीक’रण गर्ने र राष्ट्रलाई सुदृढ र श’क्तिशाली बनाउने पृथ्वीनारायण शाहलाई हामीले चाहेर भु’ल्न सक्दैनौं । किनकि ती नेपाल आमाका महान् ब्यक्तिहरु जसले राष्ट्रको निम्ति आफ्नो जीवन अर्पण गरेका छन् त्या’ग गरेका छन् । उनीहरु युगौंसम्म बाँचिरहनेछन् ।

सम्माननिय प्रधानमन्त्री ज्यु, तपाईं आफै पनि फाइदाको जिन्दगी बाँचिरहनु भएको छ । तपाईंले आफ्नो जिन्दगीलाई राष्ट्रको सुदृढ एकता र बलियो राष्ट्र निमार्णका निम्ति त्याग गर्नुहोस। अहिलेको जस्तो आफ्नो अनुकूल परि’स्थिति तपाईंको जीवनमा फेरि कहिल्यै पनि नआउनसक्छ । तपाईंको साथमा आफू नै सहभागी भएर बनाएको देशको संविधान छ । यो राष्ट्रको प्रमुख तपाईं आफैले प्रस्तावित गरेको व्यक्तित्व सम्मानित राष्ट्रपति हुनुहुन्छ । हिजोको जस्तो राजत’न्त्र छैन । जसले केही राम्रा काम गर्न खोज्दा सत्ताबाट नै हटा’उने गथ्र्यो ।

अर्को कुरा तपाई दुई तिहाइ सरकारको नेतृत्व गरिरहनु भएको छ । यदी संविधान र कानूनले साथ नदिएको खण्डमा संविधान र कानून नै परिव’र्तन गर्न सक्ने श’क्ति तपाईंको हातमा छ । देशका सात प्रदेश मध्ये छ प्रदेशमा तपाईकै पार्टीको सरकार छ । लाखौं सदस्य भएको पाटिको नेतृत्वमा तपाई नै हुनुहुन्छ । अझै भन्दा राष्ट्रियताको कुरा गर्दा ३ करोड नेपाली जनता र सबै दलको साथ छ । यो बेला हामीले राष्ट्रको निम्ति जनताको निम्ति केही गर्न नसके कतिबेला गर्ने ? अहिले गर्न नसके कहिले गर्ने ? जनता र देशको निम्ति केही गर्छु भन्ने राजनीतिज्ञका लागि यो भन्दा ठूलो अव’सर अब कहिले आउँछ ?

त्यसैले अहिलेको समय भनेको राष्ट्र ब’चाउने सयम हो । दुनियाँका कयौं देशहरूले आफ्नो देशको एक इन्च जमिनका लागि ठूल –ठूला यु’द्ध ल’डेका छन् । त्यहाँका हजारौं जनताले बलि’दान गर्ने गरेका छन् । हामीले भारतको जम्मु कश्मीरमा हजारौं मान्छेको बलि’दान भइसकेको देखेका छौं ।

पाकिस्तान र भारतको सीमा विवा’दका कारण त्यहाँ भएको बलि’दान हामीले बिर्सन हुँदैन । हामीले हाम्रो राष्ट्रको हजारौं बिगा जमिन नै गा’यब हुने गरि भएको अति’क्रमलाई रो’क्न र आफ्नो देशको सीमा बचाउन किन नलाग्ने ? त्यसैले प्रधानमन्त्री ज्यू, तपाईंलाई लाखौं जनताको साथ छ । सहयोग छ तपाईंले यो जिम्मे’वारी पूरा गर्नैपर्छ । लाखौं जनता भारतीय दा’दागिरीबाट मु’क्त हुन चाहान्छन ।देशको सम्पूर्ण सिमाना अति’क्रमणबाट मु’क्त होस भन्न चाहान्छन् ।

अझै भन्दा आफ्नो देशको सिमाना प्रष्ट छु’ट्याएर काँ’डे ता’रबार होस भन्न चाहान्छन् । नेपालको पूर्व, पश्चिम,उत्तर र दक्षिण भागमा प’र्खाल लगाउने योजना कार्यान्वयन होस् भन्ने चाहान्छन् ।

प्रधानमन्त्री ज्यू, आज लाखौं नेपाली युवाहरू भारतीय र ब्रिटिस सिङगापुर लगायतका देशको सुर’क्षाको निम्ति चौबीसै घण्टा आफ्नो ज्या’न ह’त्केलामा राखेर सुर’क्षा दिन ख’टिरहेका छन् ।

लाखौं युवाहरू रोजगारिको सिलसिलामा विश्वका विभिन्न देशमा गएका छन् । उनिहरुको श्रम र पसिना विदेश भूमिको सु’रक्षा र विकासको निम्ति ख’र्च भइरहेको छ । हाम्रो देश भने झन्झन् परनिर्भरतातिर धके’लिदैछ । देशमा रोजगारी पाउने अवस्था छैन ।

विश्वका जुनसुकै देशमा भए पनि लाखौं नेपाली युवाहरूले देशको सीमा र’क्षाको निम्ति आवाज उठाइरहेका छन् । पार्टीभन्दा माथि आफ्ना व्यक्तिगत स्वार्थ भन्दा माथि यो देशको कुशल नेतृत्व खोजिरहेका छन् । देशमा सही नेतृत्व छ, जसले राष्ट्रको निकास, विकास र सुर’क्षाको सम्पूर्ण जि’म्मेवारी लिन सक्छ । विदेशका सामु आफ्नो देशको निम्ति जस्तोसुकै क’ठोर नि’र्णय लिन पनि सक्छ भन्ने विश्वसनियता खोजिरहेका छन् ।

प्रधानमन्त्री ज्यू, हामी वनको बाघ जस्तो भयौं र घरको स्याल जस्तो । अरु घरको बाघ वनको स्याल हुन्छन् । तर हामी कहाँ ठिक उल्टो छ । हामीलाई सारा विश्वले वी’र गोर्खालीहरु भनेर चिन्छन् । बहादुरहरु भनेर चिन्छन्, जहाँ नेपाली से’ना पुग्छ । त्यहाँ जतिसुकै चुनौ’ती भए पनि सु’रक्षाको जि’म्मेवारी पाउने गरेका छन् । बहादुर नेपालीहरु जस्ले सारा विश्वको सु’रक्षा दिन सकिरहेका छन तर बिडम्ब’ना नै भन्नुपर्छ हामी भने यहाँ आफ्नै देशको भूमिको सुर’क्षा दिन सकिरहेका छैनौं।

यसको प्रमुख कारण के हो भन्दा सारा नेपालीहरुको एउटैमात्र भनाई छ । हाम्रो देशको नेतृत्व गर्नेहरु सही नेतृत्व गर्न सकिरहेका छैनन् । राष्ट्रको हितभन्दा आफ्नो हितका लागि मात्रै काम गर्छन् । हाम्रो राजनीतिक दलका नेताहरू प्रायः भारतीय नेतृत्वको अगाडी लम्प’सार पर्छन् । भारतको अगाडि बो’ल्न सक्दैनन । राष्ट्र र जनताको होइन आफ्नो मात्र हितको निम्ति काम गर्छन् । हाम्रा देशका कर्मचारीहरू खाली तलबका लागि काम गर्छन् ।

उनिहरु पैसा र पदका लागि जस्तोसुकै काम गर्न पनि तयार हुन्छन् । उनिहरुमा राष्ट्रभक्ति छैन । सयौं प्रश्नहरू उठिरहेका छन् । यसको भरपर्दो र विश्वासिलो उत्तर जनताले खोजिरहेका छन् । साथै लाखौं जनता राष्ट्रको विकास र समृद्धि र प्रगति खोजिरहेका छन् ।

लाखौं युवाले देशमा रोजगारी खोजिरहेका छन् । यी सबै चाहानाका बाबुजुद पनि हामी सबैको एउटा मात्र र अहिलेको पहिलो चहाना भनेको राष्ट्र र जनताको सुर’क्षा सबैभन्दा पहिलो चहाना हो । जसको पूर्ति अहिलेका राजनीतिक दल र नेतृत्वले गर्नैपर्छ ।

प्रधानमन्त्री ज्यू, यदि देशको सीमाना स्पष्ट छु’ट्याएर काँ’डे ता’रबार सहितको प’र्खाल लगाउने हो भने लाखौं नेपाली युवाहरूले बरु आफै भोकभोकै बस्न तयार भएर देशको सु’रक्षाको निम्ति सीमानामा पर्खाल लगाउन राज्यकोषमा खर्बौं पैसा जम्मा गर्न पनि तयार हुनेछन् । त्यसका लागि नेतृत्वमा बस्नेहरु इमान्दार र विश्वासिलो, स्वार्थभन्दा माथि उठ्न सक्नु पर्छ । जय देश, जय चन्द्र सुर्य, जय स्वाभिमान ।।

(जाजरकोट, कुसे गाउँपालिका वडा नम्बर ६ घरँगा स्थायी घर भएका प्रकाश कुमार सिंह हाल वैदेशिक रोजगारिको सिलसिलामा मलेसियामा कार्यरत छन् । तत्कालीन जनमुक्ति सेनाका प्लाटन कमाण्डर समेत बनेका सिंह तत्कालीन शाही नेपाली सेना र जनमुक्ति सेनाबीच नवलपसारीको सुनवल र बर्दियाको रम्भापुरमा भएको लडाइँमा घाईते समेत भएका थिए ।)

सम्बन्धित खवर

Back to top button