‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’द्वारा अजयबाबु शिवाकोटी सम्मानित


काठमाडौं : आफ्नै कार्यालयकी सहकर्मीलाई यौ’न दु’र्व्यवहार गर्ने पूर्व सभामुख कृष्णबहादुर महराको क’र्तुत सार्वजनिक गर्ने पत्रकार अजयबाबु शिवाकोटी सम्मानित भएका छन् । ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’द्वारा अजयबाबु शिवाकोटी सम्मानित भएका हुन् । नेपाली पत्रकारहरुको अन्तर्रा्ष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको पुरस्कार शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो ।
हाम्रा कुरा डटकमका संस्थापक प्रधानसम्पादक रहेका उनले संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौ’न दुर्व्यहार गर्ने तत्कालीन सभामुख कृष्णबहादुर महराबारेको समाचार आफ्नो अनलाईनमार्फत् सार्वजनिक गरेका थिए । इन्जाले सोही साहसिक कामको सम्मान गर्दै सो पुरस्कार प्रदान गरेको हो ।



प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीले तत्कालीन सभामुख महराको उक्त समाचार सार्वजनिक गरेपछि आफूमाथि सु’रक्षा थ्रे’ट आएको भन्दै सु’रक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले सत्ता र राजनीतिक दलहरुले प्रे’सलाई शक्तिका लागि दु’रुपयोग गर्ने गरेको उल्लेख गर्दै त्यसबाट बचेर आफ्नो पेशालाई अघि बढाउन पत्रकारहरुलाई आग्रह गरे ।
उक्त पुरस्कारबाट सम्मानित भएका पत्रकार शिवाकोटीले २०५४ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भई ईमेज टिभी, नेपाल वान टिभी, रेडियो नेपाललगायतका संचार माध्याममा रहेर काम गरिसकेका छन् ।








