आज ग्रान्डी अस्पतालमा प्रधानमन्त्रीको थप उपचार हुँदै


काठमाडौं : थप उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली शनिबार ग्रान्डी अस्पताल जाने भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा ‘फलोअप’का लागि अस्पताल जान लागेको उनले बताएका हुन् । मिर्गौलामा राखिएको स्टे’न्ट निका’ल्नुपर्ने भएकोले उनी आज फलोअपका लागि अस्पताल जान लागेको बताइएको छ ।
मिर्गौलाबाट पि’साब बाहिर निस्किने बाटो साँ’घुरो हुँदा स्टे’न्ट हा’ल्ने गरिएको हो । यसले पिसा’ब न’लीलाई खुला राख्न मद्दत गर्छ । गत कात्तिक १२ र १३ गते डा’यलसिस गर्दा ओलीको मिर्गौलामा उक्त स्टे’न्ट हालिएको थियो । त्यसपछि उनी डाक्टरहरूको नियमित निग’रानीमा रहे पनि अस्पताल गएका थिएनन् । शनिबार मिर्गौलाबाट स्टे’न्ट नि’कालिनुका साथै अरू नियमित जाँ’च हुने ओलीले मन्त्रिपरिषद् बै’ठकलाई जानकारी दिएका थिए ।



ग्रान्डी अस्पतालमा उपचार गरेर फर्किएपछि उनको फेरि डा’यलसिस गर्नुपरेको छैन । सुरुमा नियमित डाय’लसिस गर्नुपर्ने बताइए पनि पछि उनको स्वास्थ्यमा सु’धार आएको भन्दै आवश्यक परेका बेला मात्रै डाय’लसिस गरे हुने राय चिकि’त्सकहरूले दिएका थिए । प्रधानमन्त्री ओली स्वयं भने लगातार डा’यलसिस गरिरहनुभन्दा फेरि मिर्गौला प्रत्या’रोपण गर्ने पक्षमा भएकाले उनका निक’टस्थ र चिकि’त्सिकहरूले त्यही विषयमा प’रामर्श गरिरहेका छन् । तत्कालका लागि स्वदेशमै उपचार गर्ने र मंसिर १४ को उपचुनाव सकिएलगत्तै थप उपचारका लागि विदेश जाने मन’स्थितिमा प्रधानमन्त्री रहेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीको अबको उपचार पद्धतिबारे निजी चिकि’त्सक दिव्यासिंह शाहले विभिन्न मुलुकका मिर्गौला रो’ग विशेषज्ञहरूसँग परा’मर्श गरिरहेकी छन् । डा. शाह हालै मिर्गौला रो’ग विशे’षज्ञहरूको स’म्मेलनमा भाग लिएर अमेरिकाबाट फर्केकी छन् ।प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्या’रोपण गरिएको थियो । त्यसपछि पनि बेलाबेला बि’रामी हुँदै, निको हुँदै गरेका उनले गत साउन र भदौमा गरी दुईपटक सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । त्यहाँ प्ला’ज्माफेरेसिस पद्धतिबाट उनको शरीरमा रहेको ए’न्टिबडी न’ष्ट गरिएको थियो ।








