सत्य निरुपण तथा मेलमिलाप आयोगमा गणेशदत्त भट्टलाई नियुक्त गर्ने सहमति

काठमाडौं : नेपाल ल क्याम्पसका सहप्राध्यपक गणेशदत्त भट्टलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा नियुक्त गर्ने सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टीक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई नियुक्त गर्ने सहमति भएको हो ।

नेताहरूको शुक्रबार बसेको बै’ठकले सहप्राध्यापक भट्टको नाम टुंगो लगाएपछि सि’फारिस समितिको बै’ठक बसेको थियो । लामो समयदेखि प्राध्यापन पेसामा आवद्ध भट्टको नाम कांग्रेस सभपति देउवाले शीर्ष नेताको बैठकमा प्रस्ताव गरेका थिए । द्वन्द्व’कालमा भएका मानवअधिकार उ’ल्लंघनका घ’टनामा नि’ष्पक्ष छा’नबिन गर्न सं’क्रमणकालीन आयोगहरूमा पदाधिकारी नि’ष्पक्ष रूपमा नियुक्त गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । तर त्यसको वि’परीत नियुक्त गर्न थालिएको हो ।

सत्य निरूपण तथा मेलमिलाप अयोग गठनसम्बन्धी ऐन, २०७१ मा पनि पदाधिकारीहरूको नियुक्तिमा राजनीतिक ह’स्तक्षेप नहोस् भन्ने निश्चित गर्न पूर्वप्रधानन्या’याधीशको संयोजकत्वमा पाँच सदस्यीय स्वतन्त्र सि’फारिस समिति गठन गर्नुपर्ने उल्लेख गरिएको छ  । बे’पत्ता पारिएका व्यक्तिको छा’नविन आयोगको प्रमुखको पनि टुंगो लागेको छ । शीर्ष नेताहरुको बैठकले बे’पत्ता पारिएका व्यक्तिको छा’नविनका लागि भट्टको नाम टुङ्गो लगाएका हुन् । उनको नाम भने गो’प्य राखिएको छ ।

सम्बन्धित खवर

Back to top button