असक्षम मन्त्रीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठनको तयारी

काठमाडौं : असक्षम मन्त्रीहरुलाई मात्रै प’रिवर्तन गरेर मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बै’ठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिएसँगै अक्षम मन्त्रीलाई ह’टाएर मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको अधिकारको विषय भएको भन्दै पुनर्गठन गर्न सैद्धान्तिक सह’मति दिएको हो ।

‘सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्रीले आफ्नो विशेष अधिकार प्रयोग गर्नुपर्छ । त्यसका लागि तपाईंलाई ढोका खुला छ तर छिटो गर्नुस् । बाहिर मन्त्रिपरिषद् पुनर्गठनको धेरै हल्ला भएको छ। यसले सरकारको कामलाई ढि’लासुस्ती गराउँछ’, बैठकमा सचिवालय सदस्यहरुले प्रधानमन्त्रीलाई सु’झाव दिएका थिए । एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुर्नगठन गर्न ढि’ला नगर्ने बताएका थिए । ‘प्रधानमन्त्रीले ढि’ला नगर्ने भन्नुभएको छ । उहाँको विशेष अधिकार भएकाले जति बेला पनि मन्त्रिहरु हेरफेर गर्ने सम्भावना छ’, उनले भने। यस विषयमा ओलीले सोमबार नि’र्णय गर्न सक्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले दुई महिनाअघि नै मन्त्रीहरुको कार्यशैलीप्रति अस’न्तुष्टि व्यक्त गरेका थिए । उनले आफ्नो सचिवालयमा पनि हेरफेर गरेका छन् । आइतबारको बै’ठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुका बारेमा साउनयता मन्त्रीहरुको काममा ढि’लासुस्ती भएको र त्यसले जनतामा सेवा प्रवाह प्रभा’वकारी नभएको भन्दै मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत सदस्यहरुलाई जानकारीसमेत गराएका थिए । ‘सचिवालय सदस्यहरुले यो विषय तपाईंकै वि’शेष अधिकार भएकाले मन्त्री फे’र्ने ह’ल्ला गर्नेभन्दा पनि काम गरिहाल्नुपर्ने हुन्छ त्यसकारण छिटै गर्नुहोस् भनको छौं’, बैठकपछि एक सचिवालय सदस्यले भने। ती सदस्यका अनुसार अध्यक्षद्वयको प्रस्तावमा सचिवालयले मन्त्रिपरिषद् पुनर्गठनमा सैद्धान्तिक सहमति जनाएको हो ।

मन्त्रिपरिषद् पुनर्गठनमा सुरेन्द्र पाण्डे, वसन्त नेम्बाङ, पदम गिरी, प्रभु शाह, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल, प्रेम आले, कृष्णगोपाल श्रेष्ठ, घनश्याम भुसाल, पार्वत गुरुङ, यज्ञराज सुनुवार, विशाल भट्टराई, किसान श्रेष्ठ र छविलाल विश्वकर्माको नाम चर्चामा छ।

नेताहरुबीच सुरेन्द्र पाण्डेलाई मन्त्री बनाउने विषयमा आन्तरिक स’हमति जु’टिसकेको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले चितवनको एक कार्यक्रममा पाण्डेको नाम लिएर मन्त्री बन्ने सूचीमा रहेको बताएका थिए । नयाँ मन्त्रीका लागि वसन्त नेम्बाङ, पदम गिरी, प्रभु शाह, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल, प्रेम आले, कृष्णगोपाल श्रेष्ठलगायतको नाम चर्चामा छ । त्यसैगरी घनश्याम भुसाल, पार्वत गुरुङ, यज्ञराज सुनुवार, विशाल भट्टराई, किसान श्रेष्ठ, छविलाल विश्वकर्माको नाम पनि चर्चामा छ । बैठकमा केही नामबारे चर्चा भए पनि उनीहरुलाई कुन मन्त्रालय दिने भन्नेबारे छल’फल भएको छैन ।

बैठकमा अध्यक्ष दाहाललाई पार्टीको कार्यकारी अधिकार प्र’त्यायोजन गर्ने विषयमा छल’फल भए पनि त्यसले सार्थकता पाएको छैन । प्रधानमन्त्री ओलीको स्वास्थ्य अ’वस्थालाई ध्यान दिएर पार्टीको कार्यकारी अधिकार दाहाललाई दिने कुरा ओली आफैंले उठाएका थिए । तर दाहालले अहिले सह’मतिमै काम भइरहेको छ भनेपछि सो विषय अघि बढेको थिएन । नेकपाका प्र’वक्ता नारायणकाजी श्रेष्ठले दाहाललाई पार्टीको कार्यकारी अधिकार दिने विषयमा कुनै छल’फल नभएको बताए ।

‘त्यस्तो कुनै छल’फल भएको छैन’, प्र’वक्ता श्रेष्ठले भने। बै’ठकले नेकपा प्रवा’स इ’न्चार्ज, अध्यक्ष र सचिव तोकेको उनले बताए। प्र’वक्ता श्रेष्ठका अनुसार प्रवा’स इ’न्चार्जमा विन्दा पाण्डे, सहइन्चार्जमा लक्ष्मणदत्त पन्त, प्र’वास अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद शाहलाई तोकिएको छ ।

सम्बन्धित खवर

Back to top button