कालापानीकाे विषयमा प्रधानमन्त्रीले दिएकाे अभिव्यक्तिलाई भारतीय सञ्‍चारमाध्यमले यसरी लेखे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानीमा राखिएका भारतीय से’नालाई फिर्ता लैजान आग्रह गरेपछि भारतीय सञ्चारमाध्यमले गहिरो चासो दिएका छन्। प्रधानमन्त्री ओलीले आइतवार राष्ट्रिय युवा संघको एक कार्यक्रममा कालापानीमा अति’क्रमण गरेर बसेका भारतीय से’ना तत्काल ह’ट्नुपर्ने र एक इन्च पनि नेपाली भूमि मि’च्न नदिइने बताएपछि भारतीय सञ्चारमाध्यमले गहिराे चासाे दिएका हुन् ।

यसअघि प्रधानमन्त्री ओली सीमा अति’क्रमणकाे विषयमा खासै बोलेका थिएनन् । नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नयाँ नक्सामा राखेपछि नेपाली जनताले भारत वि’रोधी आ’न्दोलन च’र्किँदै गएको छ। यसैबेला प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा सीमा मि’चिएकोबारे क’डा अभि’व्यक्ति दिएका थिए। भारतले देखाएको यो व्यबहार ग’लत भएको भन्दै सरकारकाे ध्या’नाकर्षण गर्न राजनीतिक दलहरु, बुद्धिजिबी र सडकबाट समेत आ’वाज उठिरहेको छ । यहीँ समयमा आ’न्दोलनमा लागेका युवाहरुको भेलामा प्रधानमन्त्री ओलीले कालापानीबाट भारतीय सै’निक फि’र्ता लैजान भनेपछि भारतीय मिडियाले पनि उक्त विषयलाई प्रमुख प्राथमिकता दिएर समाचार छापेका छन्।

भारतका चर्चित अंग्रेजी र हिन्दी पत्रिका तथा टेलिभिजनमा अनलाइन संस्करणमा प्रधानमन्त्रीको यो अभिव्यक्ति प्रमुख समाचार बनेको छ। केही दैनिक पत्रिकाले पनि यसलाई प्रमुखताका साथ समाचार बनाएर छापेका छन्। ओलीको यो भनाइलाई भारतीय टेलिभिजनहरुले आइतवारदेखि नैं विशेष प्राथमिकता दिएर प्रशारण गरेका थिए। कालापानीबारे बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार भारतसँग संवा’द गर्न नड’राएको बताएका थिए। ‘अहिलेको सरकार संवा’द गर्न नसक्ने होइन। इतिहासले देखाइसकेको छ। सरकारले संवा’दको माध्यमबाट सीमा सम’स्या समा’धान गर्छ’, ओलीले भनेका थिए, ‘कतिपयले नक्सा स’च्याउन भनेका छन्, तर त्यो समा’धान होइन। मि’चिएको भूमि फि’र्ता लिने कुरा हो। नक्सा त प्रे’समा छापे भइहाल्यो। यो सरकारले आफ्नो भूमि एक इञ्च मि’च्न दिँदैन। नेपालीलाई अरूको जमिन पनि चाहिँदैन, हामी हाम्रो भूमि फिर्ता लिन्छौं।’ भारतले मिचेको भूमिबारेमा प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक क’डा अभि’व्यक्तिसहित अडा’न लिएपछि भारतीय सञ्चारमाध्यमको ध्यान नेपालतर्फ ता’निएको छ।

कतिपय भारतीय सञ्चारमाध्यमले नेपालका प्रधानमन्त्रीको भनाइको समाचारको उल्टो अर्थ लाग्ने गरीसमेत प्रकाशित गरेका छन्। जम्मु-कश्मीरको विशेषाधिकार खोसेपछि त्यहाँबाट लद्दाखलाई टु’क्राएर अल’ग्गै राज्य बनाउने क्रममा भारतले जा’री गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएपछि वि’रोधमा आ’न्दोलन च’र्किरहेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भारतको चर्चित समाचार टेलिभिजन आजतकको अनलाइन संस्करणले ‘कालापानी पर नेपाल PM ने दिखाए भारत को तेवर- एक इंच जमीन भी नहीं देंगे’, शीर्षकको समाचार छापेको छ। जसमा नेपालमा भारतको नक्सालाई लिएर भइरहेको वि’रोध प्रद’र्शनकाबीच ओलीले रवा’फ देखाउँदै क’डा अभि’व्यक्ति दिएको उल्लेख छ। ‘भारतको नयाँ मानचित्रलाई लिएर जारी वि’रोध-प्रद’र्शनकाबीच प्रधानमन्त्री केपी ओलीले आइतवार आफ्नो प्रतिक्रिया दिएका हुन्’, आजतकले लेखेको छ, ‘उनले नेपाल, भारत र तिब्बतको बीचको त्रिवेणीमा अवस्थित कालापानी क्षेत्र नेपालको भूभाग भएकाले त्यहाँबाट भारतले तत्काल आफ्नो से’ना ह’टाउनुपर्छ भनेका छन्।’ त्यस्तै अर्को चर्चित समाचार अनलाइन बिबिसी हिन्दीले पनि ‘भारत से कालापानी विवा’द पर नेपाली पीएम ओली बोले- ‘एक इंच भी ज़मीन नहीं मिलेगी’ शीर्षकमा समाचार छापेको छ। केपी ओलीले कालापानी नेपालकै भूगोल भएको समाचार बिबिसी हिन्दीले छापेको हो। उसले नेपालका प्रधानमन्त्रीले भारतले जारी गरेको नक्साबारेमा पहिलो पटक औपचारिक प्रतिक्रिया दिएको भन्दै समाचार प्रकाशित गरेको छ। केपी ओलीको भनाइलाई लिएर भारतीय पक्षले कुनै प्रतिक्रिया नदिएको पनि उसले जनाएको छ।

यस्तै भारतको प्रतिष्ठित अंग्रेजी दैनिक इन्डियन एक्प्रेसले ‘नक्सा विवाद : नेपाली प्रधानमन्त्रीले दा’बी गरे कालापानी क्षेत्र, भारतलाई फि’र्ता जान भने’ शीर्षकको समाचार प्रकाशित गरेको छ। उसले आफ्नो समाचारमा भारतको नयाँ नक्सापछि उत्पन्‍न वि’वादबारेमा पहिलो पटक प्रधानमन्त्री ओलीको सार्वजनिक अभिव्यक्ति आएको उल्लेख गरेको छ। भारतको अर्को चर्चित हिन्दी दैनिक पञ्‍जाव केशरीले पनि कालापानी अति’क्रमणबारे प्रधानमन्त्री ओलीको अभि’व्यक्तिलाई प्रमुखका साथ समाचार बनाएको छ। ‘कालापिानीको लेकर भारतको आंखें दिखा रहा नेपाल, एः ओली ने किया बडा ऐलान’ शीर्षकमा उसले विस्तृतमा समाचार प्रकाशित गरेको छ। प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई न्यूजट्रयाक लाइभ अनलाइनले नेपालका प्रधानमन्त्रीको ठूलो अभिव्यक्ति भन्दै समाचार बनाएको छ। ‘कालापानी विवा’दबारे नेपालका प्रधानमन्त्रीको क’डा अभिव्यक्ति, भने : हामी हाम्रो एक इन्च पनि भूमि मि’च्‍न दिँदैनौँ’, न्यूजट्रयाक लाइभ अनलाइनले यो शीर्षकमा समाचार प्रकाशित गरेको छ।

त्यसैगरि भारतकै स्क्रोल अनलाइनले पनि कालापानी विवा’दबारे नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्राथमिकता दिएर समाचार बनाएको छ। ‘नक्साले विवा’द : नेपालका कालापानीबाट तत्काल से’ना ह’टाउन नेपालका प्रधानमन्त्रीको आग्र’ह’, शीर्षकको समाचार स्क्रोलमा छापिएको छ। स्क्रोलले भारतले नेपाली भूमि समेटेर बनाएको नक्सा स’च्याउने बताएको जनाउँदै भारतबाट मि’चिएको नेपाली भूमि पनि फिर्ता ल्याउने उल्लेख गरेको समाचारमा लेखेको छ। अर्को चर्चित अनलाइन द विकले प्रधानमन्त्रीको भनाइलाई प्राथमिकताका साथ छापेको छ। ‘नेपालका प्रधानमन्त्रीले कालापानी आफ्नो भूभाग भएको बताउँदै एक इन्च पनि भूमि मि’च्न नदिने’, शीर्षकसहितको समाचार द विकमा छापिएको छ। समाचारमा भारतले अक्टोबर ३१ मा जारी भएको भारतीय नक्सालाई लिएर नेपालका प्रमले पहिलो पटक क’डा अभि’व्यक्ति दिएको उल्लेख छ। तर भारतीय प’क्षले भने आफ्नो भूमि मि’चिएको नेपालको दा’बीलाई अस्वी’कार गर्दै आएको छ। भारतको केन्द्रीय सर्भे विभागले आफ्नो तर्फबाट जा’री नक्सामा जम्मु-कश्मिर र लद्दाखको भूभागबाहेक अन्त कतै परि’वर्तन नगरिएको जि’किर गरेको छ। उसको दा’बी अनुसार नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि भारतमै पर्दछन्। तर भारतीय क’दमलाई लिएर नेपालमा आ’न्दोलन झन् च’र्किँदै गएको छ। भारतले कालापानी क्षेत्रमा ३७ हजार हेक्टरसहित देशका २३ वटा जिल्लामा ६० हजार हेक्टर नेपाली भूमि अति’क्रमण गरेको छ।

सम्बन्धित खवर

Back to top button