बेप’त्ता पत्रकार खड्काको झोला र पर्स भेटियाे


बाजुरा : १४ महिना देखि बेप’त्ता पत्रकार तेजु खड्ककाे झाेला र पर्स भेटिएकाे छ । बाजुराको बुढीनन्दा दर्शनमा जाँदा बेप’त्ता भएका पत्रकार तेजु खड्काको पर्स, झोलालगायतका सामान भेटिएको हाे । गत वर्षको भदौ ९ देखि बेप’त्ता खड्काको १४ महिनापछि पर्स, झोलालगायत सामान भेटिएको स्थानीयले बताएका छन्। लौरी विनायक भन्ने स्थानमा सामान भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय कोल्टीलाई जानकारी गराएका थिए।
झोला भएको ठाउँमा मानव कंकाल भेटिएकाले खड्काको मृ’त्यु भएको आ’शंका गरिएको स्थानीय बताएका छन् । भेटिएको पर्समा तेजु खड्काको परिचयपत्र, लाइसेन्स पनि भेटिएको छ। अव’शेषको पहिचान गर्नका लागि पत्रकार र केही स्थानीयसहितको प्रहरी टोली सोमबारनै त्यसतर्फ प्र’स्थान गरेका थिए ।



इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी नायब निरीक्षक रुद्रसिंह धामीका अनुसार प्रहरी टोलीले घट’ना स्थलमा भेटिएको प्रमाणहरुको मु’चुल्का गर्ने र अवस्थाको अध्यन सुरु गरिएकाे छ ।








