खानेपानी मन्त्रीका कारण मन्त्रीपरिषद्काे पुनर्गठन लम्बिँदै

काठमाडौं : खानेपानी मन्त्री विना मगरका कारण मन्त्रीपरिषद् पुनर्गठन लम्बिने भएकाे छ । नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुहारी विना मगरलाई मन्त्रीबाट ह’टाउन नहुने अडा’न लिएपछि मन्त्रीपरिषद् पुनर्गठन लम्बिने भएकाे हाे । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’बीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई ह’टाउने र कसलाई नियु’क्ति गर्ने भन्नेमा सह’मति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठनमा स’मस्या देखिएकाे हाे ।

मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा बसेको बै’ठक सहम’तिमा पुग्न नसकेपछि आज मंगलबार दुई शीर्ष नेताबीच पुनः छल’फल हुने भएको छ। सोमबार नै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा जानकारी गराउन शीतल निवास जाने तयारी थियो। तर अध्यक्षद्वयबीच सहमति नभएपछि राष्ट्रपतिसँग भेट गर्न जाने कार्यक्रम र’द्द भएको थियो। ‘सह’मति न’जुट्नुको कारण निकटस्थ र आफन्तको सं’रक्षण कसरी भन्ने नै हो,’ स्रोतले भन्यो।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले तत्कालीन माओवादीतर्फबाट मन्त्री बनेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र खानेपानीमन्त्री विना मगरको सट्टा नयाँ मन्त्री नियुक्ति गर्न चाहेका छन्। उनी पूर्वएमालेबाट पनि महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, खेलकुदमन्त्री जगत विश्वकर्मा, भूमिसुधारमन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमध्ये केही मन्त्रीलाई पदमु’क्त गर्ने योजनामा छन्। पूर्वमाओवादी समूहबाट मन्त्री बनेका खानेपानीमन्त्री मगरका विषयमा सोमबार दुई अध्यक्षबीच सहमति जु’ट्न नसक्दा पुनर्गठनमा ढिलाइ भएको बालुवाटार स्रोतको भनाइ छ।

सम्बन्धित खवर

Back to top button