मृ’त भेटिए वडा अध्यक्ष


बैतडी : जिल्लाको एक गाउँपालिकाका वडा अध्यक्ष मृ’त भेटिएका छन् । पञ्चेश्वर गाउँपालिका–४ का वडा अध्यक्ष राजबहादुर चन्द मृ’त भेटिएका हुन्। ५८ वर्षीय वडा अध्यक्ष चन्द घरनजिकै काँडेधार भन्ने ठाउँमा मृ’त अवस्थामा फेला परेका वडा नम्बर ४ कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए।
मंगलबार कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडा अध्यक्ष चन्द बुधबार बिहान मृ’त फेला परेका उनले बताए । मृ’तक चन्दको श’व बाटोभन्दा केही तल ल’डेको अवस्थामा फेला परेको हाे ।



प्रहरीको टोली अहिले घट’नास्थलमा पुगेको र घटनाबारे अनुस’न्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रव’क्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।








