एनसेलले तिर्न बाँकी लाभकर २१ अर्ब १० करोड मात्र (अदा’लतकाे फैसलाको पूर्णपाठ)


काठमाडौं : एनसेलले तिर्न बाँकी लाभकर २१ अर्ब १० करोड मात्र भएकाे सर्वोच्च अदा’लतले ठ’हर गरेकाे छ । सर्वाेच्चले एनसेलको सेयर स्वामित्व खरिद बिक्री भएवापत अब २१ करोड १० अर्ब रुपैयाँमात्र पूँजीगत लाभकर तिर्नुपर्ने फै’सला गरेको हाे । बिहीबार प्राप्त फै’सलाको पूर्णपाठअनुसार एनसेलले पूँजीगत लाभकरवापत २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैयाँ कर तिर्नुपर्नेछ ठ’हर सर्वाेच्चले गरेकाे हाे ।
गत वैशाखमा एनसेलले तिर्नुपर्ने जम्मा पूँजीगत लाभकर ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ मध्ये २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ५१ रुपैयाँ तिरेको र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ बाँकी रहेको भनी ठूला करदाता कार्यालयले पत्राचार गरेको थियो । ठूला करदाता कार्यालयको उक्त निर्ण’यको विरुद्ध सर्वोच्च गएको एनसेलको रि’टमा अन्तिम आ’देश दिँदै सर्वोच्चका न्या’याधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले एनसेलले तिर्नुपर्ने लाभकर १७ अर्ब ९५ करोड ६७ लाख १३ हजार २ सय ५० रुपैयाँ घटाइदिएको हो ।



सर्वोच्चले ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा १२० (क) बमोजिम लगाएको ५० प्रतिशत शुल्क खा’रेज गरिदिएको हो । ठूला करदाता कार्यालयले कुनै आधार र कारण नखुलाई र कुनै विवेचना नगरी लगाएको ५० प्रतिशत शुल्क कानून बमोजिम नदेखिएको सर्वोच्चले फै’सलामा उल्लेख गरेको छ । सर्वोच्चल बाँकी पूँजीगत लाभकर भने एनसेलले तिर्नुपर्ने फैसलामा उल्लेख गरेको छ । ‘यसरी ऐनको दफा १२० (क) बमोजिमको शुल्कबाहेक कानून बमोजिम लाग्ने कर एवं ऐनको दफा ११७ (१) (क) (ग) र ऐनको दफा ११८ र ११९ बमोजिमको शुल्क र ब्याजसमेतको रकम तिरि बुझाइसकेपछि आयकर ऐन २०५८ बमोजिमको प्रस्तुत पूँजीगत लाभको करको वि’वादको दायित्व पूरा एवं अन्त हुन जान्छ’ फै’सलामा भनिएको छ ।
फैसलाको पूर्णपाठ
[pdf-embedder url=”https://satkarpost.com/wp-content/uploads/2019/11/NCELL.pdf”]








