ओर्लिने क्रममा आफै चढेकाे बसले कि’चेर मृ’त्यु

दोलखा : ओर्लिने क्रममा आफै चढेकाे बसले कि’चेर दाेलखामा एकजना महिलाकाे मृ’त्यु भएकाे छ । भीमेश्वर नगरिपालिका–५ स्थित सत्तरी गोलाइमा आफै चढेर आएकाे यात्रुवाहक बसले कि’च्दा एक महिलाको मृ’त्यु भएको हाे ।

जिरीबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा २ ख ६२०४ नम्बरको सगरमाथा यातायातको बसले शुक्रबार राति ८ बजे कि’च्दा भीमेश्वर नगरपालिका–५ की ३० वर्षीया उर्मिला श्रेष्ठको मृ’त्यु भएको हो। नयाँपुल बजारबाट चढेकी उनी घर नजिकैको सत्तरी गोलाइमा ओर्लिने क्रममा अनियन्त्रित भई ल’ड्दा सोही बसले कि’चेर घा’इते भएकी थिइन्। उपचारका लागि सदरमुकाम चरिकोट लैजाने क्रममा उनको बाटोमै मृ’त्यु भएको दोलखा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।

मृ’तक श्रेष्ठकाे श’वलाई पोष्टमा’र्टमका लागि चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । प्रहरीका अनुसार बस र चालकलाई निय’न्त्रणमा लिई आवश्यक अनुस’न्धान भइरहेको छ ।

सम्बन्धित खवर

Back to top button