‘ओलीसँग सल्लाह गरेर भारतले नयाँ नक्सा छापेको हो’


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नयाँ नक्सा छापेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरो’प लगाएका छन् । उनले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको आ’रोप लगाएका हुन्।
नेपालको भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि नेपालमा वि’रोध भइरहेको छ । सरकारले सीमा मि’चिएकोबारे अध्ययन गर्न पनि समिति बनाउने नि’र्णय गरिसकेको छ। तर, देउवाले ओलीसँग सल्लाह गरेरै भारतले नक्सा जा’री गरेको दा’बी गरेका छन्। पोखरामा शनिबार भएको चु’नावी सभामा सभापति देउवाले ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको पनि बताए।



‘ओलीले राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर पहिले चुनाव जितेको होइन? ओलीको राष्ट्रवाद अहिले कालापानीमा घुँडा टेकेको छ,’ देउवाले भने, ‘ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ। ओली राष्ट्रवादी पनि होइन।’ भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नक्सा छापेको आरोप देउवाले लगाए।
‘ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको हो। ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै सक्दैन,’ देउवाले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। सन्धिमै महाकाली पूर्व नेपाल उल्लेख छ। महाकालीको पानी पनि आधा हक लाग्छ।’ ओली सरकारले जनताका आँखामा छारो हाल्ने काम गरिराखेको देउवाको आरोप छ। ‘यिनीहरू राष्ट्रवादी होइनन्, लम्पसारवादी हुन्,’ उनले भने, ‘जनताका आँखामा छारो हानेका छन्।’
ओली सरकारले भ्रष्टाचार बढाएको पनि उनले बताए। ‘हर ठाउँमा भ्रष्टाचार बढेको छ। सरकारले अनावश्यक कर बढाएको छ,’ उनले भने, ‘यतिमात्र होइन, संवैधानिक परिषदलाई शाही आयोगजस्तो बनाउँदैछ। कठपुतली बनाउन खोजिँदैछ।’ कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने चुनावबाट सरकारका पक्षमा जनता छैनन् भन्ने सन्देश दिन पनि उनले मतदातालाई आग्रह गरेका छन्।
‘यो महत्वको चुनाव हो। यसले सरकार बनाउने त होइन। सरकार अलोकप्रिय भइराखेको छ भनेर देश र अन्तर्राष्ट्रिय जगतमा मेसेज दिने हो,’ उनले भने, ‘सरकार अलोकप्रिय भइसक्यो भनेर उपनिर्वाचनबाट देखाउनुपर्छ। उपनिर्वाचन सरकारको पक्षमा जनमत छैन भन्ने देखाउने ऐना हो।’ओली सरकारले उद्योगी, होटल व्यवसायीलाई पनि कर बढाएर दु:ख दिइराखेको उनले आरोप लगाए।
‘पोखराका दाजुभाइ दिदीबहिनीहरू सरकारले होटल र उद्योगपतिलाई कर नै कर लगाइदिएको छ,’ उनले भने, ‘यति कर बढाएको छ। कर बढाएको खिलापको चुनावबाट मेसेज दिनुपर्छ।’ सरकारले उपभोक्ता समितिका नाममा लुटतन्त्र मच्चाएको उनले बताएका छन्। ‘उपभोक्ता समितिका नाममा लुटतन्त्र भएको छ। भ्र’ष्ट्राचार र कर बढाएको छ,’ उनले भने, ‘हाम्रा उम्मेदवारलाई जिताए सरकारविरूद्ध मेसेज जान्छ। जवाफ हुन्छ।‘
खेमराज पौडेललाई पहिलोपटक पार्टीले न्याय गरेको बताएका देउवाले मत दिएर जिताउँदै न्याय दिन माग गरे। ‘पार्टीले पौडेलजीलाई न्याय गर्यो। अब न्याय गर्ने पालो जनताको हो,’ उनले भने, ‘पार्टीका साथीहरूले अहो’रात्र ख’टिएर जिताउनुपर्नेछ।’ देउवासहित कांग्रेसका शीर्ष नेता शुक्रबारदेखि चुनाव केन्द्रीत कार्यक्रममा सहभागी भइराखेका छन्। बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू शेखर कोइराला, मिनेन्द्र रिजाल, गगन थापालगायत नेता चुनावी सभामा सहभागी भएका छन्।








