रियल सोसिडाडलाई हराउँदै रियाल म्याड्रिड अंकतालिकाकाे दाेस्राे स्थानमा

एजेन्सी – स्पेनिस ला लिगामा रियाल म्याड्रिडले रियल सोसिडाडलाई ३-१ ले हराउँदै सहज जीत निकालेको छ । घरेलु मैदान सान्टियोगो बर्नबेउमा शनिबार राति भएको खेलमा रियालले रियल सोसिडाडमाथि ३–१ को सहज जित निकालेको हो । रियाललाई जिताउन करिम बेन्जेमा, फेडरिको भालभेर्डे र लुका मोड्रिचले गोल गरे । रियल सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै विलियन जोसेको गोलबाट रियल खेलमा पछि परेको थियो । ३७औं मिनेटमा करिम बेन्जेमाले मोड्रिचको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफका सुरुमै फेडेरिको भालभेर्डेले गोल गरेपछि रियालले खेलमा २–१ को अग्रता दिलायो । ७४औं मिनेटमा लुका मोड्रिचले करिम बेन्जेमाको पासमा गोल गर्दै रियाललाई ३–१ को सहज जित दिलाए ।

जितसँगै रियालले शीर्षस्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । रियालको १३ खेलबाट २८ अंक रहेपनि गोल अन्तरमा दोस्रो स्थानमा छ । पराजित सोसिडाड १४ खेलबाट २३ अंक जोडेर अंक जोडेर पाँचौ स्थानमा छ । अर्काे खेलमा एट्लेटिको मड्रिडले ग्रानडासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एट्लेटिको १४ खेलबाट २५ अंक जोडेर तेस्रो स्थानमा छ ।

सम्बन्धित खवर

Back to top button