प्रधानमन्त्री ओली फेरि ग्रान्डी अस्पताल


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली फेरि फलोअप उप’चारका लागि धापासीस्थित ग्रान्डी अस्पताल पुगेका छन्। स्वास्थ्य प्रति’कूल बनेपछि प्रधानमन्त्री ओली उपचार तथा फ्लोअपका लागि फेरि ग्रान्डी अस्पताल पुगेका हुन् ।
अस्पताल स्रोतका अनुसार उनी आइतबार दिउँसो ४ बजे अस्पताल पुगेका हुन्। पछिल्लो समय मिर्गौलाले काम गर्न छो’डेपछि प्रम ओलीको दुई पटक डायला’इसिस गरिएको थियो। उनको मिर्गौलामा सम’स्या देखिएपछि यस अघि दुई पटक डा’यलाइसिस र एक पटक अ’ल्ट्रा फि’ल्ट्रेसन गरिएको थियो। १२ वर्ष अगाडि मिर्गौला प्रत्या’रोपण गरेका प्रम ओली पछिल्लो एक वर्षमा छिटो छिटो बि’रामी हुँदै आएका छन्।



यो वर्ष मात्र दुई पटक शिंगापुरमा र यहाँको अस्पतालहरुमा उपचार गराउँदै आएका छन्। नियमित स्वास्थ्य परी’क्षणका लागि केही समयअघि ग्रान्डी अस्पताल पुगेका ओली आजै बालुवाटार फ’र्कने बताइएको छ।








