कञ्चनपुर अन्तर्गकाे अवरुद्ध पूर्व-पश्चिम राजमार्ग सुचारु


कञ्चनपुर : कञ्चनपुर जिल्ला अन्तर्गतकाे अवरु’द्ध पूर्व-पश्चिम राजमार्ग सुचारु भएकाे छ । जिल्लाकाे कृष्णपुर नगरपालिका २, बाणिमा नम्बर नखुलेकाे सवारीसाधनले ठ’क्कर दिँदा एकजनाकाे ज्यान गएपछि स्थानीयले क्षतिपूर्तिको मा’ग गर्दै अवरु’द्ध गरेकाे पूर्व-पश्चिम राजमार्ग आइतबार दिउँसोदेखि सुचारु भएको हाे । नम्बर नखुलेको गाडीले शुक्रबार राति ठ’क्कर दिँदा पैदल यात्रु ३० वर्षीय रामबहादुर रोकायाकाको मृ’त्यु भएको थियो भने अर्का महाकाली नगरपालिका २ का रामबहादुर ठगुन्ना घा’इते भएका थिए ।
स्थानीयले गाडीको पहिचान गरी कार’बाही गरिनु पर्ने, क्षतिपूर्तिको रकम उपलब्ध गराइनुपर्ने, घाइ’तेको उप’चार ख’र्च उपलब्ध गराइनुपर्ने लगायतका मा’ग अघि सार्दै राजमार्ग अवरु’द्ध गरेका थिए । अनुस’न्धानमा स’घाउ पुर्याउनका लागि मृ’तक परिवारलाई अनु’रोध गरेपछि अब’रुद्ध सडक सुचारु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए।



ठ’क्कर दिने भारतीय युके ०६ एमएल ८३८४ नम्बरको गाडी र गाडी चालक बेदप्रकास चन्दविरुद्ध शं’काको आधारमा मृ’तकका परिवारले कि’टानी दिएका छन्। यसबारे प्रहरीले अनुस’न्धानको कार्य अगाडि बढाएको छ। जिल्ला प्रशा’सन कार्यालयमा सम’स्या समाधानका लागि छल’फलसमेत गरिएको प्रहरीले जनाएकाे छ ।








