घ’ना वस्तीमै ख’स्यो विमान, कम्तीमा २४ को मृ’त्यु

काठमाडौं : वस्तीमा विमान ख’स्दा कम्तीमा २४ जनाको मृ’त्यु भएको छ । प्रजातान्त्रिक ग’णतन्त्र कङ्गोको घ’ना वस्तीमा आइतबार दिउँसो विमान ख’स्दा कम्तीमा २४ जनाएको ज्यान गएको हो । धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक स’मस्या आएर उक्त घना वस्तीमा ख’सेको हो । विमानमा दुई चालका द’लका सदस्यसहित १७ यात्रु रहेका थिए । उनीहरूलाई जीवित भेट्ने सम्भावना निकै कम भएको उ’द्धार ख’टिएका सुर’क्षाकर्मीले बताएका छन् ।

“अहिलेसम्म २४ जनाको मृ ‘त शरीर घटनास्थलबाट निकालिएको छ,” गोमास्थित उ’द्धार टोली संयोजक जोसेफ माकुन्दीले बताए । गोमा विमानस्थलका अधिकारी रिचार्ड मङ्गोलोपाले दु’र्घटनामा कुनै पनि यात्रु जीवित उ’द्धार गर्ने सम्भावना क्षी’ण रहेको बताएका छन् । गोमाबाट उत्तरी क्षेत्रमा रहेको बेनीका लागि विहान करिब ९ बजे उडेको ‘डोर्नियर–२२८’ विमानस्थलबाट ३५० किलोमिटर टाढा आवास क्षेत्रमा ख’सेको कङ्गोका अधिकारीहरूले पुष्टि गरेका छन् ।

दु’र्घटनाग्रस्त वि’मान कम्पनी ‘बिजी बी’का हेरिटिएर सैयद मोमादाउले वि’मानमा दुई चालक द’लका सदस्यसहित १९ जना रहेको बताएका छन् । बिजी बीका तीन विमानले उत्तरी किभू प्रान्तका विभिन्न रू’टमा सेवा दिँदै आएका थिए ।

वि’मान कम्पनीका एक प्राविधिकले प्राविधिक स’मस्याका का’रण वि’मान दु’र्घटनाग्रस्त भएको बताएका स्थानीय अनलाइन एकुलेट डट कमले उल्लेख गरेको छ । विमान वस्तीमा खसेको तर त्यहाँ कतिको मृ ‘त्यु भएको वा घा’इते भएको भन्ने जानकारी आइसकेको छैन ।

सम्बन्धित खवर

Back to top button