विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेजलाई रकम फिर्ता गर्न अल्टिमेटम

काठमाडौं : सरकारले विद्यार्थीहरुबाट तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजललाई रकम फिर्ता गर्न अल्टिमेटम दिएकाे छ । ताेकेकाे भन्दा बढी रकम लिएका मेडकल कलेजले भोलि मंगलबारसम्म उक्त रकम फिर्ता गर्न सरकारले अल्टिमेटम दिएकाे हाे । बढी लिएकाे रकम मंगलसम्म फिर्ता नगरे कार’वाही प्रक्रिया अगाडि बढाइने गृहमन्त्रालयले जनाएकाे छ ।

सोमबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत उपस्थित बैठ’कले विद्यार्थीहरुबाट बढी असुलेको अतिरिक्त शुल्क भोलिसम्म फिर्ता नगरे का’रवाही थाल्ने नि’र्णय गरेको गृहमन्त्रालयका प्रव’क्ता केदारनाथ शर्माले जानकारी दिए । उनका अनुसार बैठकले उ’जुरी लिएर का’रवाही थाल्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई नि’र्देशन दिइसकेको छ।

‘अहिलेसम्म मेडिकल सञ्चालकविरुद्ध कास्कीमा मात्रै जुरी परेको छ’, प्रव’क्ता शर्माले भने, ‘अन्य जिल्लामा पनि अभिभावक र विद्यार्थीहरुलाई उ’जुरी दिन आ’ग्रह गरिसकेका छौँ ।’ यसअघि गत असोज, कात्तिकमा गृहमन्त्री र शिक्षामन्त्री लगायतका पदाधिकारीसहित बसेको बै’ठकले सुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै बढी रकम फिर्ता वा समायोजन गर्न आ’ग्रह गरेको थियो।

त्यसबेला पनि दुई पटक समय दिएर बढी रकम फिर्ता नगरे कार’वाही अघि बढाउने अन्तरमन्त्रालय बैठकको नि’र्णय मेडिकल कलेजका मालिकले बेवास्ता गरेका थिए। पछिल्लो पटक सरकारले दिएको १५ दिनको समयसीमा भोलि (मंगलबार) सकिदैँछ। यसअघि नै सरकारले बढी शुल्क लिएमा कलेजविरुद्ध सम्बन्धित जिल्ला प्रशा’सन कार्यालयमा उ’जुरी दिन सकिने नि’र्णय गरेको छ।

सम्बन्धित खवर

Back to top button