काठमाडौं-केरुङ रेलमार्गकाे सम्भाव्यता अध्ययन छिट्टै

काठमाडौं : नेपाल र चीनको सहकार्यमा संयुक्त रूपमा काठमाडौं-केरुङ रेलमार्गकाे सम्भाव्यता अध्ययन गर्ने गरी दुई देशबीच वा’र्ता भएकाे छ । नेपाल-चीनबीच अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन संयुक्त रुपमा गर्ने गरी पाँचौं चरणको वार्ता सम्पन्न भएकाे हाे ।मंगलरबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वा’र्तामा चिनियाँ टोलीले काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवदेन पनि नेपाली पक्षलाई हस्ता’न्तरण गरेको रेल विभागका महानि’र्देशक बलराम मिश्राले जानकारी दिए।

महानि’र्देशक मिश्राले नेपाल र चीनको सहकार्यमा संयुक्त रूपमा सम्भाव्यता अध्ययन अघि बढाउने सहमति भएकाे बताए । चीनले रेलमार्ग निर्माण हुने क्षेत्रको नक्सा, जनसंख्या, घरटहरा, वातावरणीय प्रभा’व मूल्यांकन, निकुञ्ज र जंगलको विवरण मा’ग गरेको छ। नेपाली पक्षले अध्ययनका लागि आवश्यक विवरण उपलब्ध गराउने प्रतिब’द्धता जा’हेर गरेको छ। छिटै नै अध्ययन प्रक्रिया अघि बढ्नेमा उनी आ’शावादी देखिए। वा’र्ताका लागि चीनको नेसनल रेल्वे अथोरिटीका डेपु’टी एडमिनिस्ट्रे’टरको नेतृत्वको २३ सदस्य टोली सोमबार नेपाल आएको थियो।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका क्रममा काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने स’हमति भएको थियो। ‘चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा भएको सहमतिलाई कार्या’न्वयन गर्ने सहमति भयो। चीनको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्गको अध्ययन हुनेछ’, मिश्राले भने, ‘अध्ययनका लागि नेपाली पक्षबाट आवश्यक चीनले मा’ग गरेको छ।’ नेपाली प’क्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवले गरेका थिए। चिनियाँ टोली बुधबार काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको स्थलगत अनुग’मनमा जाने कार्यक्रम रहेको विभागले जनाएकाे छ।

सम्बन्धित खवर

Back to top button